अस्थायी प्रहरी चौकी पाउँदा स्थानीय खुसी

अस्थायी प्रहरी चौकी पाउँदा स्थानीय खुसी

गुलरिया : बर्दियाको राजापुर नगरपालिका-२ नयाँगाउँ स्थित बालाबजारमा अस्थायी प्रहरी चौकी स्थापना भएपछि स्थानीय खुसी भएका छन्। 

प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षा तथा अमनचयन कायम हुनेमा स्थानीय आशावादी बनेका हुन्।
    

देशकै धान उत्पादनको पकेट क्षेत्र मानिने बर्दियाको राजापुर नगरपालिका-२ स्थित बालाबजारमा अस्थायी प्रहरी चौकी स्थापना गरिएपछि स्थानीयमा खुसी छाएको हो। 

निर्वाचन नजिकिँदै जाँदा भएको प्रहरी चौकी स्थापना कार्यले अशान्ति तथा असुरक्षामा कमी आउने विस्वास लिइएको छ। 
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् संघीय सांसद किशोर सिंह राठौर तथा महासमिति सदस्य जन्मजय तिमिल्सिनाको पहल तथा प्रयासमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। 

उद्घाटन समारोहमा बोल्दै अस्थायी प्रहरी चौकी उद्घाटनका प्रमुख अतिथी नेपाली कांग्रेसका सहमहामन्त्री राठौरले जनतालाई दिन सकिने सेवा सुविधा जसरी पनि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन्। 

बालाबजारमा अस्थायी रूपमा चौकी स्थापना भएकोले चौकीलाई स्थायी रूपमा सञ्चालन गर्न समुदायले सहयोग गर्नुपर्ने बताए। 

जनतालाई प्रहरीले र प्रहरीले जनतालाई सहयोग गर्न नेता राठौरको आग्रह छ। बर्दियाको राजापुर क्षेत्र कृषि उपजको दृष्टिले उर्वर मानिन्छ। 

चारैतिरबाट कर्णाली नदीले घेरीएको बिकट क्षेत्र पछिल्लो समय विकासोन्मुख अवस्थामा बामे सर्न थालेपछि स्थानीयले  खुसी व्यक्त गरेका छन्। 

सर्पले टोक्दा समेत अकालमा ज्यान गुमाउनु पर्ने क्षेत्रमा सडक पूर्वाधार, पुल पुलेसा, विद्यालय निर्माणसँगै प्रहरी चौकी स्थापना कार्यले राजापुर क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने राजापुर नगरपालिकाका नगरर प्रमुख दिपेस थारुले बताए। स्थानीय तहले नगरको मुहार फेर्नेमा उनले बिस्वास दिलाए। 

राजापुरको बालाबजारमा प्रहरी चौकी स्थापना गर्न सहयोग पुर्‍याउने गृह प्रशासनलाई नेपाली कांग्रेसका महासमिति सदस्य जन्मजय तिमिल्सिनाले धन्यवाद व्यक्त गर्दै अस्थायी प्रहरी चौकीसँगै राजापुरको नयाँगाउँस्थित बालाबजारमा बैंकको आवश्यकता रहेकाले बैंक स्थापनार्थ आफूले भरपूर्ण पहल गर्ने प्रतिवद्धता गरे। 
    
राजापुर नगरपालिकाअन्तर्गत स्थानीय सरकारले गरेको मागका आधारमा बालाबजारमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताएका छन्। 

सरकारको प्रहरी चौकी स्थापना गर्ने कुनै योजना नभएपछि वडा, इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत जनप्रतिनिधि, स्थानीय, राजनीतिक दलहरूको पहलमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो। 

राजापुर क्षेत्रको विकासका लागि अस्थायी प्रहरी चौकीले शान्ति सुरक्षामा ठूलो टेवा पुग्ने आशा गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.