चीन-अमेरिका द्वन्द्वले नेपाल युक्रेन बन्ने खतरा

चीन-अमेरिका द्वन्द्वले नेपाल युक्रेन बन्ने खतरा

ओखलढुंगाः नेकपा (एकीकृत समाजवादी) का नेताहरूले चीन-अमेरिका द्वन्द्वले नेपाल युक्रेन बन्न सक्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

जिल्ला स्तरीय प्रशिक्षणमा सम्बोधन गर्दै नेताहरूले विश्व एक धुव्रीय शक्तिबाट बहुध्रुवीय द्वन्द्वमा गएकाले नेपाल जोखिममा रहेको औंल्याएका हुन्। विश्वमा पुँजीवादी र समाजवादी शक्तिबीच टकराव बढ्दै गएको उनीहरूको निष्कर्ष छ। 

नेकपा (एकीकृत समाजवादी) का केन्दीय उपाध्यक्ष तथा प्रदेश १ इञ्चार्ज घनेन्द्र बस्नेतले कार्यकर्ता प्रशिक्षणमा भने, 'चीन-अमेरिका द्वन्द्वको प्रभाव देखिने अवस्थामा पुगिसक्यो, चीन अमेरिका द्वन्द्वले विश्वयुद्द निम्त्याउन सक्छ।' 

बस्नेतले नेपाल युक्रेन बन्न सक्ने खतरा रहेकाले नेपाल कुनैको पक्षमा देखिन नहुने, एक चीन नीतिबाट अमेरिका पछि हटेकाले द्वन्द्व बढिरहेको बताए। 

उनले राष्ट्रिय पुँजीको निर्माण गरेर समाजवादी यात्रामा अघि बढ्ने पार्टीको तत्कालीन कार्यनीति रहेको बताए। पार्टीको मार्ग दशर्क सिद्धान्त माक्र्सवाद, लेलिनवाद र लक्ष्य समाजवाद रहेको प्रष्ट्याए। 

बस्नेतले नेता होइन नीतिकेन्द्रित विचारबाट चल्ने पार्टी एकीकृत समाजवादी भएको भन्दै पार्टी निर्माण र चुनावमा बढीभन्दा बढी भोट ल्याउने कार्ययोजनाका साथ अघि बढ्न निर्देशन दिए।

पोलिटब्यूरो सदस्य तथा प्रदेश १ अध्यक्ष बलदेव चौधरीले पार्टीका नेता कार्यकर्ताहरू सक्षम बन्न आफूमा भएको क्षमताको उपयोग गरेर मेहनती बन्नुपर्ने बताए। उनले आत्मविश्वासका साथ उत्पादनका काममा जुट्नु पर्नेमा जोड दिए। 

सरकारले सबै वर्गको आर्थिक हैसियत समान हुने गरी नीति तथा कानुन निर्माण गर्नुपर्नेमा जोड दिए। प्रशिक्षण चौधरीले भने, 'शैक्षिक क्षेत्र डामाडोल भएका छन्, कम्युनिष्ट सरकारले सुधार्न नीति ल्याउँछ, विकास बजेट समान रूपले वितरण गर्छ भन्ने आश थियो, केपी ओलीले सबैलाई समाप्त पार्न लागेकाले बिद्रोह गर्नुपरेको हो, अब यी काम हामीले गर्नुपर्छ।' 

कार्यकर्ताहरूलाई उच्च मनोवलसहित काममा खट्न र अरू पार्टीभन्दा फरक व्यवहार देखाउन आग्रह गरे। 

अर्का पोलिटब्यूरो सदस्य बबि चाम्लिङले स्थानीय कमिटी परिचालन गरेर पार्टीलाई चुनाव लक्षित गतिविधिमा केन्द्रित गर्न आग्रह गरे। स्थानीय तह सरकारकै रुपमा काम गर्ने भएकाले समन्वय र सहकार्य गर्दै गतल प्रवृत्तिविरुद्ध खबरदारी गर्न उनले सुझाव दिए। 

जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षणमा केन्द्रीय सदस्य, जिल्लाका पदाधिकारीहरू तथा जिल्ला कमिटी र पालिका कमिटीका सदस्यहरू सहभागी थिए। 

उम्मेदवार सिफारिस गरिरहेको भन्दै जिल्ला नेताहरूले गठबन्धनमा कम्तिमा एक जिल्ला एक सिट लिएर मात्रै गर्न नेताहरूलाई सुझाव दिएका छन्। यसबारे गम्भीर छलफल भइरहेको उपाध्यक्ष बस्नेतले कार्यकर्ताहरूलाई बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.