जसपा बर्दियाले गर्‍यो उम्मेदवारको नाम सिफारिस

जसपा बर्दियाले गर्‍यो उम्मेदवारको नाम सिफारिस

गुलरिया : जनता समाजवादी पार्टी (जसपा) बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। 

जसपा जिल्ला समन्वय समिति बर्दियाले निर्णय गर्दै उम्मेदवारको नाम सिफारिस गरेको हो।
    

बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ सदस्यका लागि केशवराज पौडेल र रेशम बहादुर खत्रीको नाम सिफारिस भएको बर्दिया जनता समाजवादी पार्टीका युवा इन्चार्ज पप्पु यादवले जानकारी दिए। 

समानुपातिकतर्फ प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट चिरञ्जीवी थारु (जनजाति) र हासिम अलि सिद्धिकी (मुस्लिम) सिफारिस भएका छन्।
    
क्षेत्र नम्बर १ (क) प्रदेश सभा प्रत्यक्षतर्फ दीप बहादुर शाही र १ (ख) मा कृष्णप्रसाद अहिर तथा मलखे यादव सिफारिस भएका हुन्। 

समानुपातिकतर्फ १ (क) मा खसआर्यबाट केशवराज पौडेलको नाम सिफारिस भएको यादवले बताए। प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ (ख) बाट समानुपातिकतर्फ धनाकुमारी थारु (जनजाति महिला), सुधाकर मिश्रा (मधेसी), निरंकार यादव (मधेसी), मोहम्मद वसिम हलुवाई (मुस्लिम) कोटाबाट सिफारिस गरिएको छ।
    
प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा कृष्णा थापाको नाम सिफारिस भएको छ। प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ (क) मा शान्ता पौडेल र २ (ख) मा मोहम्मद नसिम खाँको नाम सिफारिस भएको हो। 

समानुपातिकतर्फ २ (ख) मा खसआर्यबाट रेणु सिंहको नाम सिफारिस भएको छ।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.