पैसा लिएर भोट दिने मान्छे कहिल्यै धनी हुँदैन : लिङदेन

पैसा लिएर भोट दिने मान्छे कहिल्यै धनी हुँदैन : लिङदेन

गुलरिया : चुनावका बेला पैसा लिएर भोट दिने मानिस कहिल्यै धनी नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन्। 

बर्दियाको ठाकुरबाबा नगरपालिका भुरीगाउँ बजारमा आयोजित बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले पैसा खाँदै मोटरसाइकलमा तेल हालेर भोट दिएका मान्छेको आर्थिक अवस्था कहिल्यै नफेरिने बताए।
    

पैसाको कारोबारमा भएको भोट कारोबारले गाउँघरको विकाससमेत नहुने उनको भनाइ छ। 'चुनावमा हुने पैसाको चलखेलले नेता, मतदाता मात्र होइन दलहरू पनि बदनाम हुँदै गएका छन्,' उनले भने। 

नेपालको राजनितिमा संस्कारको परम्परा बसाउन खोजेको बताउँदै उनले दलका पुराना नेताहरूले देश बिगारेको आरोप लगाए। नेता सुधार्ने एकमात्र विकल्प भोट नहाल्नु नै रहेकोतर्फ सचेत पार्दै नेता लिङदेलले भने यस पटकको निर्वाचनमा स्थानीय तहको धरान र काठमाडौंको जस्तो नतिजा आउने ठोकुवा गरे।
    
नेताहरूले जनतालाई सधै झुक्काइरहेको बताउँदै उनले वर्षौदेखि जोतभोग गरेको जमिनको पुर्जासम्म दिन नसक्ने नेताहरूको पछि लागेर समय बर्बाद नगर्न सचेत पारे। 

आफू एकाएक राजनीतिमा नउदाएको प्रष्ट्याउँदै उनले विद्यार्थी जीवनदेखि वडाबाटै राजनीति गरेको स्मरण गराए। यस पटकको निर्वाचनमा राप्रपालाई हलोमा भोट हाल्न उनले आग्रह गरेका छन्। 

राप्रपा बर्दियाको आयोजना तथा जिल्ला अध्यक्ष भीमबहादुर बोहोराको अध्यक्षतामा गरिएको सभामा धेरै जना राप्रपा प्रवेश गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.