'प्लान्ट्स अफ नेपाल' सार्वजनिक

'प्लान्ट्स अफ नेपाल' सार्वजनिक

काठमाडौं : प्राडा कृष्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक नेपालमा पाइने बोटबिरुवाहरू 'प्लान्ट्स अफ नेपाल' मंगलबार सार्वजनिक भएको छ। 

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा आयोजित एक समारोहबीच प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ र पुस्तकका लेखक प्राडा श्रेष्ठले पुस्तक सार्वजनिक गरेका हुन्।

कार्यक्रममा 'फ्लोरा अफ नेपाल'का सल्लाहकार समिति सदस्य एवं वातावरणविद् डा. तीर्थबहादुर श्रेष्ठ र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रामप्रसाद चौधरीले लोकार्पित पुस्तकमाथि समीक्षा गरे। 

गेस्ट अफ अनरका रूपमा कार्यक्रममा आमन्त्रित 'फ्लोरा अफ नेपाल' पुस्तकका प्रधान सम्पादक डा.मार्क वाट्सनले नेपालमा पाइने वनस्पतिहरूको उत्कृष्ट संग्रह प्रकाशन गरेकोमा लेखक एवं सहलेखकहरूलाई बधाई दिए। 

उनी बेलायतको इडिनवर्गस्थित रोयल बोटानिकल गार्डेनका मेजर फ्लोरा प्रोग्रामका प्रमुखसमेत हुन्।  

कार्यक्रममा वनस्पति विभागकी महानिर्देशक डा.राधा वाग्लेले विभागले प्रकाशन गर्न लागेको फ्लोरा अफ नेपालको तयारीमा यो पुस्तकमा दुई तिहाई सूचना उपलब्ध रहेको प्रतिक्रिया दिइन्। 

प्रा.डा श्रेष्ठका साथमा पुस्तकमा प्रविन भण्डारी र डा. सन्देश भट्टराईले पुस्तकमा सहलेखन गरेका छन्। नेपालमा पाइने फूल फूल्ने वनस्पति (एन्जियसपर्म) र फूल नफूल्ने वनस्पति (जिम्नसपर्म)का बारेमा अहिलेसम्म उपलब्ध सबै जानकारी समेटेर पुस्तक तयार पारिएको सहलेखक भण्डारीले जानकारी दिए। 

'१९औं सताब्दीदेखि अहिलेसम्म प्राप्त सबै तथ्यांक संकलन, लिट्रेचर अध्ययन र हर्बेरियम डाटा अर्थात नेपालमा पाइने बिरुवाका नमुना जहाँ संग्रहित छन्,' उनले भने, 'ती नमुनाहरू अध्ययन गरेर किताब तयार पारिएको हो।'

पुस्तकमा फूल फूल्ने प्रजातिका वनस्पति अहिलेसम्म ५६०६ प्रजाति एकिन भएको तथ्यांक पुस्तकमा उल्लेख गरिएको छ। यकिन तथ्यांक नभएकाहरूलाई अनसर्टेन स्पेसिस भनेर एउटा च्याप्टर राखिएको छ। त्यसमा २४० प्राजतिहरू समेटिएका छन्। त्यो बाहेक घर र बगैंचा सजावटमा पनि प्रयोग हुने वनस्पतिलाई पनि विभिन्न स्रोतबाट संग्रहित गरेर पुस्तकमा उल्लेख गरिएको उनले बताए। 

त्यस्ता ५७२ प्रजातिहरूलाई पुस्तकमा अभिलेखिकरण गरिएको उनले जानकारी दिए। फ्लोरा अफ नेपाल अर्थात नेपालका वनस्पतिहरू भन्ने पुस्तकका सिरिज प्रकाशन हुने क्रममा छ। 

त्यसका लागि यो पुस्तक कोशेढुंगा साबित हुने विश्वास आफूले लिएको भण्डारीले बताए। उक्त पुस्तक वनस्पति विभाग, नास्ट, एडिनबर्ग, बेलायत र जापानको टोकियो विश्वविद्यालयको संयुक्त परियोजना हो। 

यस पुस्तकमा अभिलेखिकरण भएका वनस्पतिहरूका लागि आफूहरू स्वयं फिल्डमा पनि गएको र त्यसका लागि लिट्रेचरहरू पनि अध्ययन गरेको र नेपाल सरकारको राष्ट्रिय हर्बेरियम लगायत विश्वमा छरिएर रहेका हर्बेरियममा नेपालका वनस्पतिहरू सोही ठाउँमा पुगेर र कतिपय इन्टरनेटमार्फत तथ्यांक संकलन गरेर पुस्तकमा राखिएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.