कालिकोटमा उम्मेदवार हुन आकांक्षीको लर्को, धमाधम नाम सिफारिस
कालिकोट : जिल्लामा क्रियाशील राजनीतिक दलहरु सरकारद्वारा आगामी मंसिर ४ गते घोषित प्रदेश र संघिय निर्वाचनको तयारीमा जुटेका छन्। चुनावी परिर्णाम आ–आफ्नो पक्षमा पार्नका लागि सत्ता गठबन्धनका दल, नेकपा एमाले र साना दलहरु पनि गाँउ केन्द्रित छन्। गाउँमा भेला, सभा गर्ने, भेटघाट गर्ने, चुनावी छलफल गर्ने काममा व्यस्त छन्। आम सभा, भेला र बैठकहरु गरेर सबै दलहरुले आफ्ना उम्मेदवारहरु पनि सिफारिस गर्दैछन्। उम्मेदवारहरु आफूले टिकट लिनका लागि प्रदेश र केन्द्रतिर पहल पनि थालेका छन्।
सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले कालिकोटमा संघमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही, मीनबहादुर बोगटी र अशोकनाथ योगीलाई सिफारिस गरेको प्रवक्ता टिकाराम न्यौपानेले जानकारी दिए। शाही नेपाल तरुण दलका निवर्तमान महामन्त्री, नेविसंघ पुर्व उपाध्यक्ष र २०७० र २०७४ सालमा प्रतिनिधि सभा निर्वाचनमा पराजित उम्मेदवार पनि हुन्। उनी जिल्लामा सबै राजनीतिक दलहरुमा सिफारिस भएका उम्मेदवारहरुको तुलनामा लोकप्रिय पनि छन्। बोगटी नेपाली कांग्रेस कालिकोटका उप सभापति, योगी प्रदेश प्रतिनिधि हुन्।
कांग्रेसले संघमा समानुपातिकतर्फ हिक्मतबहादुर बिष्ट, मोतिराज बम, अशोकनाथ योगी, शुशिला गिरी, दमनराज बम, सुमित्राकुमारी बम, जग्ग कामीलाई सिफारिस गरेको छ।
यस्तै प्रदेश सभा ख प्रत्यक्षतर्फ कालीबहादुर सहकारी, दमनबहादुर शाही, नारायणप्रसाद भट्टराई, मानबहादुर रोकाया, मुक्तिप्रसाद न्यौपाने, मोतिराज बम, हर्षबहादुर बम, हिक्मतबहादुर बिष्ट र धुब्रबिक्रम शाहीको नाम सिफारिस गरेको छ। समानुपातिकतर्फ अशोकनाथ योगी, कालीबहादुर सहकारी, मुक्तिप्रसाद न्यौपाने, मानबहादुर नेपाली, कालीबहादुर बिष्ट, कृष्णाकुमारी शाही, जगधिश बम, दानबहादुर बम, भावना कुमारी शाही, प्रेम दमाई, शुशिला बम, पार्वतिदेवी शाहीलाई सिफारिस गरेको छ।
यस्तै नेकपा एमाले कालिकोटले संघमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नगिन्द्र शाही नेशनलको नाम एकल सिफारिस गरेको छ। उनी जिल्लामा विगत २२ वर्षदेखि राजनीतिमै सक्रिय नेता हुन्। उनले हालसम्म कुनै पनि निर्वाचन लडेका छैनन्। समानुपातिकमा एमालेले मीनबहादुर शाही, प्रेमबहादुर सिंह, इन्दिरा संज्याल, नयरुप धमाला, प्रदिप टेलर, बेलकोषा शाही, कृष्ण पाण्डे, बिर्ख दर्जी, हर्सिंह सार्कीको नाम सिफारिस गरेको छ।
यस्तै प्रदेश सभा क मा प्रत्यक्ष तुलाराज मल्ल, पुत्र मल्ल, कमलबहादुर शाही, दुर्गबहादुर शाही, कृष्ण आचार्य, तेपेन्द्र शाहीको नाम सिफारीस गरेको छ। समानुपातिकमा तारा शाही, सुभद्रा सिंह, धनराज शाही, केशब देवकोटा, हिरे सुनारको नाम सिफारिस भएका छन्। प्रदेश सभा ख मा प्रत्यक्षमा रमेश शाही, बिरेन्द्र बोगटी, प्रकाश रोकाया, टेकबहादुर बोगटी, यशोधा बराल, कमलराज बम, वकिल बम, लालबहादुर बुढा, मानबहादुर बमलाई सिफारिस गरेको छ। समानुपातिकमा धिरबहादुर बम, दक्षिणा शाही, सुनिता बुढा, रामप्रसाद बराल, रत्नसिंह दर्जी, मनीराम पाण्डेलाई सिफारिस गरेको छ।
यस्तै नेकपा माओवादी केन्द्र कालिकोटले संघमा प्रत्यक्षतर्फ पार्टीका स्थायी समिति सदस्य कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही, बिष्णु बिक, लक्ष्मी चौलागाई, कासीचन्द्र बरालको नाम सिपारिस गरेको छ। समानुपातिकमा गंगा खड्का, तुलाराज बिक, मानबहादुर भण्डारीको नाम सिफारिस गरेको छ। प्रदेश सभा कमा वर्तमान संघीय सांसद दुर्गबहादुर रावत, ख मा राष्टिय सभा सदस्य जीबन बुढाको नाम एकल रुपमा सिफारिस गरेको छ। समानुपातिकमा प्रदेश कबाट यशोधा न्यौपाने, खबाट मिठु शाही, हजा सुनार, भानुभक्त संज्यालको नाम सिफारिस गरेको छ।
एकीकृत समाजवादीले संविधान सभा सदस्य तुलाराज बिष्टलाई संघमा प्रत्यक्षतर्फ सिंगल सिपारिस गरेको छ। समानुपातिकमा लालबहादुर मल्ल, दानसिंह बिक, कृष्णकला पाण्डेको नाम सिफारिस गरेको युवा नेता हिक्मतजंग मल्लले बताए। उनका अनुसार प्रदेश क मा प्रत्यक्षतर्फ कुर्मराज शाही, बिजया बिष्ट, रबिन्द्र शाही र समानुपातिकतर्फ आशा शाहीको नाम सिफारिस गरेको छ। प्रदेश सभा ख बाट प्रत्यक्षमा तुलाराज सिंम्खाडा, बिस्वराज बम, समानुपातिकमा जडेनी बम, दुर्गा शाही न्यौपानेको नाम सिफारिस गरेको छ।
यस्तै जिल्लामा क्रियाशील साना राजनीतिक दलहरु राप्रपा, नेमकिपा, जनमोर्चा लगायतका दलहरुले पनि आ–आफ्नो पार्टीमा उम्मेदवार बन्न चाहने नेताहरुको नाम सिफारिस गरेका छन्। ठूला राजनीतिक दलका नेताहरु टिकटको पहल गर्न राजधानी केन्द्रित छन्। गाँउमा जनमत आफ्नो पक्षमा पार्नका लागि नेता कार्यकर्ताहरु परिचालन पनि गरेका छन्। नेपाली कांग्रेसका सभापति अम्बबहादुर शाहीले जनताको साथमा कांग्रेस अभियान लिएर नेताहरु गाँउमा परिचालन गरिएको बताए।
नेकपा एमाले अधध्यक्ष जसीप्रसाद पाण्डेले गठबन्धनको लफडाले गाउँमा मतदाताहरु एमालेप्रति आकर्षित भएको दाबी गरे। माओवादी केन्द्रका जिल्ला अध्यक्ष लक्ष्मी चौलागाईले कालिकोट जनयुद्धदेखी हालसम्म आफुहरुको आधार इलाका भएकाले यहाँका मतदाताहरु माओबादी प्रति नै आकर्षित रहेको दाबी गरे। कालिकोटमा गठबन्धनका दलहरु कुन दललाई कुन क्षेत्र भाग पर्ने भन्नेमा अन्योल छन्। केन्द्रबाटै गठबन्धन नटुंगिदा पनि जिल्लामा पाटीहरुले चुनावी तयारी गर्न समस्या भएको छ।