लेखक प्रतिभा सुवेदीको पुस्तक 'मेरो पहिचान' विमोचन

लेखक प्रतिभा सुवेदीको पुस्तक 'मेरो पहिचान' विमोचन

काठमाडौं : लेखक प्रतिभा सुवेदीद्वारा लिखित 'मेरो पहिचान' पुस्तक विमोचन भएको छ। 

पुस्तकको विमोचन समालोचक प्राडा बिणा पौडेल, साहित्यकार नगेन्द्रराज शर्मा, नियात्राकार तथा समालोचक चन्द्रप्रकाश भट्टराई र महिला सुरक्षा दबाब समूहका अध्यक्ष कल्याणी शाहले गरे।

नारी चेतना केन्द्रद्वारा प्रकाशित पुस्तकमा सुवेदीका जीवन भोगाइका अनुभूतिहरू छन्। जीवन जगतमा अनौठो लागेको, भोगेका विषय समेटेर पुस्तक लेखेको लेखक सुवेदीले बताइन्। 

योसँगै सुवेदीका पाँचवटा पुस्तक प्रकाशित भएका छन्। लेखक सुवेदीले नेपालभित्र तथा विदेशको यात्रामा देखिएका, भोगेका विषय पुस्तकमा समेटिएको बताइन्। 

पुस्तकमा २६ वटा शीषर्क राखिएका छन्। सामाजिक, आर्थिक, राजनीतिक, इतिहाससमेत समेटिएको लेखक सुवेदीले बताइन्। 

नारी चेतना केन्द्रको संस्थापक अध्यक्ष रहेकी सुवेदीले महिला हितका क्षेत्रमा काम गर्दा सँगालेका अनुभव र आफ्ना दृष्टिकोण पुस्तकमा समेटेकी छन्। 

पुस्तकको समीक्षा गर्दै समालोचक प्राडा बिणा पौडेललले सुवेदीले नेतृत्व गर्दा अनुभूति गरिएका विषय पुस्तकमा समेटेको बताइन्। 

ग्रामीण महिला उत्थानका क्रममा भोगेका अनुभूति पुस्तकमा समेटिएको र यसले नयाँ पुस्तालाई अझ बढी पठनीय हुने उनको भनाइ छ। 

नेपालको यथार्थतासमेत पुस्तकमा समेटिएको उनले जानकारी दिइन्। 'सत्यको पक्षमा लेखिएको छ। समग्रमा किताब उत्कृष्ट छ', उनले भनिन्। 

आफूले भोगेका कुरा खुलस्त लेखिएकाले पठनयोग्य रहेको उनको भनाइ छ। बरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले पुस्तकमा सबथोक रहेको बताए। 

सर्वोपरी जीवनको अंग समेटिएको र कतै भावुक बनाउने विषय पनि रहेको उनले बताए। सानै उमेरदेखि भोगेका अनुभूति पुस्तकमा समेटिएको उनले बताए। 

केही भाषागत त्रुटी भएपनि पुस्तक मीठो र पठनीय रहेको उनले बताए। नियात्राकार तथा समालोचक चन्द्रप्रकाश भट्टराईले 'मेरो पहिचान' पुस्तक दस्ताबेज भएको बताए। 

४० वर्ष अघि नै महिलाको हितमा काम गरेको अनुभूति समेटेर रचनात्मकरुपमा लेखकोमा उनले प्रसंशा गरे। त्यतिबेला चुलोचौकाबाट बाहिर निस्कन सजिलो नभएका बेला अठोट लिएर ठूलो काम गरेको उनले बताए।

केस स्टडीले पुस्तकलाई अझ गहन र उत्कृष्ट बनाएको उनले बताए। बाल्यकालदेखिका सस्मरणदेखि वर्तमान देशविदेशमा घुम्दा भेटिएका नयाँ कुरा पुस्तकमा समेटिएको उनको भनाइ छ। 

'नेपाली समाजका भित्री कुरा छन्, समाजका विकृति पनि उठान गरिएको छ,' उनले भने। 

महिला सुरक्षा दबाब समूहकी अध्यक्ष कल्याणी शाहले पुस्तकले अधिकांशलाई आफ्नो अनुभव लेख्न सक्ने क्षमता बढ्ने बताइन्। 

महिलाका जिवनीका किताब खोजीखोजी पढ्ने गरेको भन्दै शाहले 'मेरो पहिचान' पुस्तक पढ्नयोग्य रहेको बताइन्। 

नारी चेतना केन्द्रकी अध्यक्ष सुशीला पौडेललले लेखक सुवेदीका पाँच पुस्तकमध्ये तीनवटा पुस्तक केन्द्रले प्रकाशित गरेको बताइन्। 

आगामी दिनमा अझ परिष्कृत गर्दै जीवनका थप भोगाइको पुस्तक पनि प्रकाशित गर्ने प्रतिवद्धता जनाइन्। 

'उहाँका लेख्नुपर्ने कुरा धेरै छन्। यस पुस्तकमा धेरै भोगाइ आएको छैन, आगामी दिनमा अझ सुधार गर्दै दोस्रो संस्करण पनि आउने विश्वास छ', उनले भनिन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.