डेंगु संक्रमणका कारण  ३ जनाको मृत्यु

डेंगु संक्रमणका कारण  ३ जनाको मृत्यु

नेपालगन्ज/ दार्चुला : बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–८ का ८६ वर्षीय पुरुषको बुधबार नेपालगन्जको भेरी अस्पतालमा मृत्यु भयो। उनको डेंगु संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ। गत १४ भदौमा अस्पतालमा भर्ना भएका उनलाई श्वास–प्रश्वासको पनि समस्या थियो। उनीभन्दा ५ दिनपछि गत १९ भदौमा भेरी अस्पतालमै भर्ना भएकी कैलालीको टीकापुर नगरपालिकाका १२ वर्षीया बालिकाले पनि बुधबार नै डेंगुबाट ज्यान गुमाइन्। 

भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे अस्पतालमा उपचार गर्न आउने डेंगुका बिरामी बढ्दो क्रममा रहेको बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार बाँकेमा ११ जना डेंगुका बिरामी फेला परेका छन्। जसमध्ये दुई जनाले ज्यान गुमाइसकेका छन्। सबैभन्दा बढी डेंगु रोगी नेपालगन्ज उपमहानगरपालिकाभित्र ५ जना छन्। 

कोहलपुरमा दुई र बैजनाथमा एक जनामा डेंगु पहिचान भएको छ। अरू सबै बाहिरी जिल्लाबाट बाँकेमा आएका व्यक्ति हुन्। अधिकांशको स्वास्थ्य सामान्य नै छ। नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार वडा नं. ४, ६ र १८ मा एक–एक जना डेंगु रोगी पहिचान भएको छ। दार्चुलामा ५ वर्षिय एक बालिकाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले बताए।

जिल्ला अस्पतालमा चेकजाँच गर्दा ति बालिकामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिनको थियो। अस्पतालले भर्ना गरेर उपचार गर्ने सुझाव दिए पनि आफन्तले भर्ना गरेर उपचार गर्न नमानेको अस्पतालले जनाएको छ।  जिल्लामा हालसम्म ३९ जनामा डेंगुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.