विवादका बीच बर्दियाबाट कांग्रेसले गर्यो उम्मेदवारको नाम सिफारिस

विवादका बीच बर्दियाबाट कांग्रेसले गर्यो उम्मेदवारको नाम सिफारिस

गुलरिया : आगामी मंसिर ४ मा हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति बर्दिया तथा नेपाली कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रीय समितिले उम्मेदवारको नाम सिफारिस गरेको हो ।

बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्बर १ का लागि नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिका सभापति एवम् सचिवले अलगअलग लेटर प्याड प्रयोग गरी प्रत्यक्ष तथा समानुपातिक तर्फका सम्भावित उम्मेदवारहरुको नामावली सिफारिस गरेका हुन् । 

नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति मुक्तिनाथ यादवद्वारा हस्ताक्षरित सिफारिसमा प्रत्येक्षतर्फ ११ जना र सचिव मनोज वर्माद्वारा हस्ताक्षरित सिफारिसमा प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ दुवैले ११ जनाको नाम सिफारिस गरेका छन् । दुईवटा लेटरप्याडमा उम्मेदवारको नाम सिफारिस भएपछि क्षेत्रीय कार्यसमितिमा विवादको विजारोपण देखिएको छ ।

प्रतिनिधि सभा सदस्य बर्दिया क्षेत्र नम्बर १ को प्रत्यक्ष तर्फको उम्मेदवारका लागि नेपाली कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिका सभापति यादवले हस्ताक्षर गरेको सिफारिसमा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन र कांग्रेस बर्दिया जिल्ला सभापति अरुण प्रकाश सिंह राठौरको नाम समावेश छ । 

क्षेत्रीय सचिव वर्माद्वारा हस्ताक्षरित सिफारिसमा सहमहामन्त्री, लुम्बिनी प्रदेश सभापति र जिल्ला सभापतिको नाम समावेश छैन । सञ्जय कुमार गौतम, महेन्द्र कुमार शर्मा गंगाधर पौडेल, नेत्रबहादुर रानाभाट, महेन्द्रराज तिवारी, यमनाथ घिमिरे, विवेक राजभण्डारी र कृष्णप्रसाद पोखरेलको नाम दुवै लेटरप्याडबाट सिफारिस भएका छन् । 

सभापति र सचिव दुवैले समानुपातिक तर्फ जबेदा खातुन जागा, सरिफ अहमद सिद्धिकी, मोहनलाल थारु, खडानन्द तिवारी, खम्भ बहादुर घर्तिमगर, देवकी नन्दन त्रिपाठी, माया कुमारी पौडेल, कालुराम बिश्वकर्मा, शान्तिकुमारी अधिकारी, लक्ष्मी ढकाल र पवित्रा कुमारी अर्यालको नाम सिफारिस भएका छन् ।

लुम्बिनी प्रदेशका सभापति पुनका स्वकीय सचिव योगेन्द्र अनुपम जीसीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस बर्दिया प्रतिनिधि सभा क्षेत्र नं. १ का क्षेत्रीय समितिका समापतिले लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको नाम समेत प्रतिनिधि सभा सदस्य बर्दिया क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ उम्मेदवारको लागि सिफारिस गरी सद्भाव प्रकट गरेकोमा धन्यवाद व्यक्तव गर्दै बर्दिया प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ बाट पुनको कुनैपनि आधिकारिक उम्मेदवारी नरहेको जानकारी गराएका छन् । 

सभापति पुनको रोल्पा प्रतिनिधि सभा र प्रदेस सभा (ख) बाट नाम सिफारिस भएको हुँदा बर्दियाबाट नाम संशोधन गरिदिन क्षेत्रिय समिति बर्दियालाई विज्ञप्तिमार्फत स्वकीय सचिव जीसीले अनुरोध गरेका छन् । बर्दिया प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का लागि क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ को बैठकको निर्णयले प्रत्यक्ष तथा समानुपातिक तर्फका सम्भावित उम्मेदवारको नाम निर्णय गरी नेपाली कांग्रेस बर्दिया, लुम्बिनी प्रदेश तथा केन्द्रीय कार्यसमितिमा सचिवको हस्ताक्षरमा भदौ १८ गते सिफारिस पत्र पठाएकोले क्षेत्रीय सभापतिले सामाजिक सञ्जालमा पोस्ट् गरेको सिफारिस पत्र पार्टी निर्णय विपरित भएकोभन्दै बर्दिया काँग्रेस क्षेत्र नम्वर १ क्षेत्रीय समितिका पदाधिकारीहरुले प्रेस विज्ञप्तिमार्फत उक्त सिफारिस पत्रको भत्र्सना र निन्दा गरेका छन् । क्षेत्रीय कार्यसमितिका कार्यवाहक सभापति, उपसभापति र दुई जना सचिवको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा क्षेत्रीय सभापतिले प्रेषण गरेको पत्र स्वतः खारेज रहेको बताइएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाको भाद्र १९ गतेको निर्णयबाट बर्दिया प्रदेससभा सदस्य क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष तर्फ सोदे विष्ट, भवनेश्वर चौधरी, तिलकबहादुर बुढाक्षेत्रीको नाम सिफारिस भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति बर्दियाका सचिव जग्गाप्रसाद पाण्डेले बताए । समानुपातिक तर्फ रत्ना थारु, टुकराज घिमिरे छन् । त्यस्तै प्रदेससभा सदस्य क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्षतर्फ मंगलप्रसाद थारु, बिजयदत्त देवकोटा, काशीराम चौधरी, भेषराज पौडेल (भरत), ठग्गुलाल रिजाल, सुभाष पोखरेल, रविन्द्र यादव र सुरेन्द्र थापा छन् । समानुपातिक तर्फ भिमलाल विश्वकर्मा, मिश्रीलाल अहिर, हरिप्रसाद थारु, मोहम्मद याकुब, राम पाण्डे र चिरञ्जीवी ज्ञवाली (घाईते अपांग), विश्वनाथ यादव, टोपबहादुर थापा, विपिन यादव र मुलचन्द्र यादव सिफारिस भएका हुन् । समानुपातिक महिला तर्फ टिका अधिकारी, विन्दुकुमारी चौधरी, उर्मिला ताम्रकार र मनिषा यादव सिफारिस भएका छन् ।

बर्दिया प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ बाट प्रत्येक्षतर्फ किशोर सिंह राठौर, आरजु देउवा राना, अरुणप्रकाश सिंह राठौर, जग्गा प्रसाद पाण्डे जन्मजय तिमिल्सिना परशुराम थारु र भागीराम थारुको नाम सिफारिस भएको । समानुपातिक तर्फ फुलाराम थारु, भद्रबहादुर शाही, किरण शर्मा झा, नन्दाराम तिमिल्सिना, मालती सोडारी, सरिता देवी शर्मा, चन्द्रध्वज जि.सी., बद्री सिग्देल, मेनका देवी पौडेल, शसिराम विक, मनिषा गुरुङ, तर्कबहादुर शाही, दिपनारायण श्रेष्ठ, मोहनराज जोशी र मालती शाहको नाम सिफारिस भएका छन् ।

प्रदेस सभा सदस्य क्षेत्र नम्बर २ (क) प्रत्यक्ष तर्फ जग्गा प्रसाद पाण्डे, जंगबहादुर मल्ल (जीवन), रामचन्द्र थापा, विद्याप्रसाद खनाल, डबलसिंह साउद, युवराज अधिकारी र गणेश प्रसाद आचार्य सिफारिस भएका छन् । समानुपातिक तर्फ गोपाल प्रसाद पौडेल, बेदप्रसाद भण्डारी, तुल्सी पुन, सरस्वती शाह, अशोक कुमार सोडारी, सुरेश राज योगी, गोपाल बहादुर शाह, कालिका बिष्ट, लक्ष्मी देवी पौडेल, दुर्गा सापकोटा, जगत राम चौधरी, माघुराम थारु, राजबहादुर चौधरी, बिन्तीराम थारु, मैजु थारु, बृहस्पति चौधरी, रिताकुमारी महतो, चाँदनी चौधरी, जयराम विश्वकर्मा, धनविर परियार, प्रेमबहादुर सुनार, तारा अधिकारी शुक्ला र विनोद राय यादव सिफारिस भएका हुन् ।

प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ (ख) प्रत्यक्ष तर्फ अरुणप्रकाश सिह राठौर, मिनराज चौधरी, जन्मजय तिमिल्सिना, हिमा कुमारी चौधरी, जनक बहादुर धामी, चन्द्रध्वज जि.सी., मथुरा प्रसाद थारु, कमल प्रसाद रेग्मी, कृष्णप्रसाद जैसी, दिनेश कुमार चौधरी, अलोक कुमार थारु, दरबारी थारु, देवमान थारु, छप्पुराम थारु, दिपक प्रसाद भण्डारी, धनिराम गिरी, कमल पाण्डे, रामस्वरुप थारु, योगेन्द्र बजगाइँ, मदन चौधरी छन् । 

समानुपातिक तर्फ फुलाराम थारु, सोमप्रसाद चौधरी, प्रशुराम सुनार, तारा चौधरी, प्रतिमा चौधरी, राजु बडुवाल खत्री, नाचुराम चौधरी, बालकुमारी सिंह ठकुरी, शान्ति चौधरी, चन्द्रबहादुर चौधरी, खटक बहादुर शाह र राजेश प्रसाद उपाध्याय सिफारिस भएको सचिव पाण्डेले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.