महारानी एलिजाबेथको निधनपछि चार्ल्स तृतीय ब्रिटेनका राजा
लण्डन : ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। उनी यूकेमा सबैभन्दा लामो समय ७० वर्षसम्म गद्दीसीन थिइन्।
उनको निधनपश्चात उनका जेठा छोरा ७३ वर्षीय चार्ल्स तृतीय राजा बनेका छन्। उनी ब्रिटेन लगायत १४ वटा राष्ट्रको राष्ट्रप्रमुख बन्ने छन्। उनी ‘किङ चार्ल्स तृतीय’का नामले परिचित हुने छन्।
राजा चार्ल्सले एक विज्ञप्ती जारी गर्दै भने, 'हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौं। मलाई थाहा छ उनको अभाव देशभर र राष्ट्रमण्डलका देशहरूमा पनि अनुभव गरिने छ । साथै संसारभरीका अनगिन्ती मानिसहरूले उनको अभाव महसुस गर्नेछन्।'
आमाको मृत्युपश्चात चार्लस तृतीयले विज्ञप्ति जारी गर्दै, 'हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौं। मलाई थाहा छ उनको अभाव ब्रिटेन र राष्ट्रमण्डलका देशमा पनि अनुभव गरिने छ । साथै संसारभरीका अनगिन्ती मानिसहरूले उनको अभाव महसुस गर्नेछन्।'
चार्ल्सले आफ्नो नाम चार्ल्स, फिलिप, आर्थर र जर्जबाट कुनै एक छान्न पाउँथे। उनले आफ्नो नाम ‘किङ चार्ल्स तृतीय’ रहने निर्णय गरेका हुन्। उनलाई आधिकारिक रुपमा शनिबार राजा घोषणा गरिने सञ्चारमाध्यममा जानकारी दिइएको छ।
लन्डनको सेन्ट जेम्स प्यालेसमा करिब ७०० जना सहभागीका साथ एक समारोहबीच उनलाई राजा घोषण गरिने भएको हो। सो समारोहमा हुने पहिलो बैठकमा लर्ड प्रेसिडेन्ट अफ दी प्रिभी काउन्सिलले महारानी एलिजाबेथको निधनको घोषणा गर्नेछ र त्यसमा प्रधानमन्त्री लिज ट्रस लगायतले हस्ताक्षर गर्नेछन्।
दोस्रो बैठकमा नयाँ राजाले चर्च अफ स्कटल्याण्डको संरक्षण गर्ने घोषणा गर्नेछन् र चार्ल्सलाईब्रिटेनको नयाँ राजा घोषणा गरिनेछ।
महारानी एलिजाबेथ द्वितीयाबाट मंगलबार मात्रै ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेकी थिइन्। महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा मात्र ब्रिटेनमा १५ जना प्रधानमन्त्री भएका छन्। सन् १८७४ मा जन्मेका विन्स्टन चर्चीलदेखि लिएर त्यसको १०१ वर्ष पछि सन् १९७५ मा जन्मेकी हालकी प्रधानमन्त्री लिज ट्रससम्म उनकै कालमा भएका प्रम हुन्। बीबीसी