दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार सुब्बालाई

दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार सुब्बालाई

काठमाडौं : दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित 'दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७९' साहित्यकार एवं सिनेकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ। 

दिव्यविक्रम नेम्बाङ स्मृति प्रतिष्ठानद्वारा विर्तामोर्डमा शुक्रबार आयोजित कार्यक्रममा ३० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो। 

१९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका नेम्बाङ बैरागी काइँला, इश्वर बल्लभ, इन्द्रबहादुर राईद्वारा सम्पादित 'फूलपात पतकर'का प्रकाशक थिए। 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका नेम्बाङ अध्ययन र निर्वासनका क्रममा दार्जिलिङ बसेका थिए। 

उनले भने, 'अरूले पत्याउने तर आफ्नाले नपत्याउने विगतका अनुभवविपरीत आफ्नै गाउँ ठाउँले पत्याएर पुरस्कार दिँदा म उत्साहित छु।'

कवि प्रकाश थाम्सुहाङले स्वागत गरेको कार्यक्रममा दिव्यविक्रम नेम्बाङमाथि कवि सुन्दर कुरूपले चर्चा गरेका थिए भने सम्मानित स्रष्टा सुब्बामाथि कवि हाङयुग अज्ञातले बोलेका थिए। 

साहित्यकार कृष्ण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष नन्दहाङ नेम्बाङले आगामी दिनमा पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताए। 

कार्यक्रममा कविहरू भीष्म उप्रेती, सुनिता तामाङ, विवश बलिभद्र कोइराला, अभागी थेगुवा, याम थुलुङ, लिला अनमोल, राजकुमार अनिश्चित, सेलिङ केसी, मायामितु लगायतले रचना वाचन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.