नेकपा एमाले बर्दियाले गर्यो उम्मेदवारको नाम सिफारिस
गुलरिया : नेकपा एमाले बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य पदको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। नेकपा एमाले जिल्ला कमिटि बर्दियाको बैठकले निर्णय गर्दै सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको हो।
बर्दिया प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का लागि प्रत्यक्षतर्फ लक्ष्मणराज ज्ञवाली, लिला राना, कृष्णप्रसाद गौतम र कपिल ज्ञवालीको नाम सिफारिस गरेको नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए। प्रदेश प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ (क) बाट शालिकराम अधिकारी, हरी अधिकारी र क्षेत्र नम्बर १ (ख) बाट भक्तबहादुर वि.क., विष्णु भट्टराई, अशोककुमार खड्का, रुद्र अधिकारी सिफारिस भएका छन्।
प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ विमला वि.क., भिम केसी, पंकज सिंह राठौर र कुलप्रसाद पोखरेल छन्। प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्षतर्फ लहनु चौधरी र नरबहादुर खड्का छन्। क्षेत्र नम्बर २ (ख) बाट कृष्णी थारु, ईन्द्र सेन, बाबुराम थारुको नाम सिफारिस भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। प्रतिनिधि सभा सदस्य समानुपातिक महिलातर्फ शोभा ज्ञवाली, विना ज्ञवाली, शान्ति चौधरी छन्। समानुपातिक पुरुषतर्फ ईन्द्र प्रसाद लुइँटेल, बजारे चौधरी र कासिम अली सिद्धिकी सिफारिस भएका हुन्।
प्रदेश सभा सदस्य समानुपातिकतर्फ कृष्णकुमारी गुरुङ, शुष्मा चौधरी, अतिराम चौधरी, नुतन कुमार चौधरी, ठाकुरसिंह थारु, कालुराम थारु, फत्तु थारु, माष्टर थारु, पुनकला श्रीवास्तव, श्वेता श्रीवास्तव, राममुरत यादव, ओमप्रकास यादव, खिमा कुमारी वि.क., मनिषा सुनार, सुरेश बहादुर भुल, धिरेन्द्र कुमार रसाईली, सर्जने कामी, भक्तबहादुर सुनार, मनोज कुमार वि.क., प्रशान्त कुमार वि.क., साविर हुसैन खाँ, भुसैली जागा, नेत्र प्रसाद सापकोटा, रामप्रसाद वादी, कल्पना ज्ञवाली, देवीमाया बश्याल, कमला ज्ञवाली, सितामैंया शाही, चन्द्रवती न्यौपाने, गोमा पौडेल, श्रीमती चन्द्रकुमारी खड्का, उमा कुमारी मल्ल, देवीसरा जैसी, सपना रोका, टंकबहादुर वली, डिल्लीराम शर्मा, लालबहादुर कडायत, कृष्णप्रसाद शर्मा वाग्ले र नन्दबहादुर खत्रीको नाम सिफारिस भएको नेकपा एमाले कार्यालय सचिव अंगद श्रेष्ठले जानकारी दिए।