न्यूजिल्याण्डमा डुङ्गा र ह्वेल ठोक्कियो : ५ जनाको मृत्यु
वेलिङ्टन : न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको छ । डुङ्गा पल्टिंदा ५ जनाको मृत्यु भएको वासिङटन पोष्टमा समाचार छ। त्यसैगरी अन्य छ जनाको भने उद्धार गरिएको छ ।
उद्धार हेलिकप्टर, डुङ्गा टोली र स्वयंसेवकहरूको प्रयासपछि अहिले उक्त डुङ्गा किनारामा तानिएको छ। काइकोउरा एउटा सानो तटीय शहर हो जुन न्युजिल्याण्डको दक्षिण टापु ह्वेल अवलोकनका लागि प्रसिद्ध छ।