पाकिस्तानमा महिला उत्पीडनका उजुरी बढ्दै, चार वर्षमा ३ हजार ६९८ उजुरी दर्ता

पाकिस्तानमा महिला उत्पीडनका उजुरी बढ्दै, चार वर्षमा ३ हजार ६९८ उजुरी दर्ता

इस्लामाबाद : पाकिस्तानमा पछिल्लो चार वर्षमा ५ हजार बढी उत्पीडनविरुद्धको उजुरी परेका छन्। गुनासो निवारण संस्थाका अनुसार पछिल्लो चार वर्षमा ५ हजार ८ वटा उजुरी परेका छन्। तीमध्ये अधिकांश महिलामाथि भएको उत्पीडनका मुद्दा रहेको संस्थाले जनाएको छ।

एफओएसपीएएचको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार ३ हजार ६९८ जना महिलाले आफूमाथि उत्पीडन भएको उजुरी दिएका छन्। प्रतिवेदनमा सन् २०१०-१३ मा ८४, २०१३-१८ मा ३९८ मुद्दा दर्ता भएको उल्लेख छ। त्यस्तै २०१८-२२ को बीचमा ५,००८ मुद्दा दर्ता भएका छन्, तीमध्ये ३,६९८ महिला र १,३१० पुरुषले दायर गरेका छन्।

उजुरीमध्ये सरकारी क्षेत्रबाट १ हजार ६ सय ८९ महिला र निजी क्षेत्रबाट ३ हजार ३ सय १९ महिला तथा पुरुषले लोकपाल कार्यालयमा उजुरी दर्ता गरेको जनाएको छ। कार्यस्थलमा दुर्व्यवहारका २ सय ७५ सक्रिय घटनामा ४ हजार ७३३ मुद्दाको सुनुवाई भएको प्रतिवेदनमा उल्लेख छ।

पाकिस्तानी राष्ट्रपति डा. आरिफ अल्वीले उक्त तथ्यांकले गम्भीर अवस्थाको संज्ञा दिएको बताए। उनले आर्थिक सशक्तीकरण, सम्पत्ति अधिकार, महिलाका लागि उत्पीडनमुक्त कार्यस्थल बनाउन आह्वान गरेका छन्।

स्रोत : ए.एन.आई


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.