पपुवा न्युगिनीमा ७.६ रेक्टरको भूकम्प
पपुवा न्युगिनीमा आइतबार बिहान ७.६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकमपका कारण भएको धनजनको क्षतिको आधिकारिक विवरण भने आएको छैन।
तर स्थानीयले समाजिक सञ्जालमा राखेका तस्बिरमा भने घर भत्किएको र बाटो चर्किएको देख्न सकिन्छ।
भूकम्प केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ ।