श्रीलंकालाई रेमिट्यान्सले राहत

श्रीलंकालाई रेमिट्यान्सले राहत

कोलम्बो (सिन्हा) : श्रीलंकाली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले बिदेसिएका श्रीलंकालीबाट प्राप्त रेमिट्यान्सले आर्थिक संकटमा परेको देशमा राहत मिलेको बताएका छन्। उनीहरूबाट पठाइएको रेमिट्यान्स रकम अगस्टसम्म ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको जानकारी उनले दिएका हुन्। 

रेमिट्यान्स रकम पछिल्ला दिनमा बढ्दो रहेको उल्लेख गर्दै उनले यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको बताए। उनले गत जुलाईको तुलनामा अगष्टमा रेमिट्यान्स १४.६ प्रतिशतले बढेको पाइएको जानकारी दिएका हुन्।

‘विदेश पुगेका नागरिकबाट देश आर्थिक संकटमा परेका बेला प्राप्त रेमिट्यान्स रकमका लागि विशेष धन्यवाद छ’, मन्त्री नानकायराले भने। गएको वर्षदेखि आर्थिक संकटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलंकामा वैदेशिक रोजगारीका लागि देश छोडेर जानेको संख्या बढ्दै गएको पाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.