महारानी एलिजाबेथको अन्त्येष्टि कहिले र कहाँ गरिने?

महारानी एलिजाबेथको अन्त्येष्टि कहिले र कहाँ गरिने?

लण्डन : बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलायती इतिहासमा सबैभन्दा लामो शासनकालको अन्त्य भएको छ । अब केही दिनसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिने छ। त्यसपछि उनको अन्त्येष्टि राजकीय सम्मानका साथ सेप्टेम्बर १९ मा गरिने बीबीसीमा उल्लेख छ। बेलायती समय अनुसार बिहान ११ बजे गरिने उनको अन्त्येष्टिमा उनको परिवार, राजनीतिज्ञ र विश्वभरका नेताहरु सहभागी हुनेछन् । 

सुरूमा रानी एलिजाबेथ द्वितीयको शव स्कटल्याण्डको बालमोरल क्यासलबाट लन्डन ल्याइनेछ। त्यहाँ उनको शव वेस्टमिन्स्टर एबेमा चार दिनसम्म राखिनेछ। यस अवधिमा मानिसहरूले उनलाई श्रद्धाञ्जली अर्पण गर्न पाउनेछन्। 

यसअघि महारानी एलिजाबेथको पार्थिव शरीरलाई सोमबार १२ सेप्टेम्बरदेखि २४ घण्टासम्म एडिनबर्गको सेन्ट गिल्स क्याथेड्रलमा राखिनेछ। जहाँ जनताले उनलाई श्रद्धाञ्जली दिन सक्नेछन् ।

रानी एलिजाबेथको अन्त्येष्टि यात्रा आइतबारबाट सुरु भएको छ। बालमोरल गेमकीपरहरू, अर्थात् उनका कर्मचारीहरू रथमा  एडिनबर्ग पुग्नेछन्।

 यो रथ बिस्तारै होलीरुडहाउसको दरबारतर्फ अघि बढ्छ र चार बजे त्यहाँ पुग्नेछ।

रानीको शव सोमबार दिउँसो एडिनबर्गको सेन्ट गिल्स क्याथेड्रलमा आइपुगेको छ। उनको शवसँगै राजपरिवारका सदस्य पनि क्याथेड्रल पुगेका थिए । यसपछि महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीरलाई २४ घण्टा सर्वसाधारणका लागि यहाँ राखिएको थियो । 

महारानी एलिजाबेथ द्वितीयको शव मंगलबार लन्डन लगिनेछ। उनको यात्रामा उनकी छोरी राजकुमारी एन साथ रहनेछिन्। रानीको शव एडिनबर्ग एयरपोर्टबाट आरएएफ नर्थोल्ट हुँदै बकिंघम प्यालेसमा लगिनेछ।

बुधबार दिउँसो, महारानी एलिजाबेथ द्वितीयको शव ३ बजे वेस्टमिन्स्टर हलमा लगिनेछ।  त्यसपछि १९ सेप्टेम्बरमा अन्त्येष्टि हुनुअघि उनको पार्थिव शरीर चार दिनसम्म यहीँ रहनेछ । यस अवधिमा मानिसहरूले उनलाई श्रद्धाञ्जली अर्पण गर्न सक्नेछन्।

महारानीको शव भएको बाकस ११ औं शताब्दीको वेस्टमिन्स्टर हल भित्र उठाइएको मञ्चमा राखिनेछ।  त्यहाँ शाही परिवारका सिपाहीहरू तैनाथ हुनेछन्।

यसपछि सोमबार १९ सेप्टेम्बरमा महारानी एलिजाबेथ द्वितीयलाई पूर्ण राजकीय सम्मानका साथ अन्तिम विदाई दिइनेछ । रानी एलिजाबेथ द्वितीयलाई विन्डसरको किंग जर्ज छैठौं मेमोरियल चैपलमा दाह संस्कार गरिनेछ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.