माओवादी केन्द्र स्याङ्जाबाट संघ र प्रदेश सभाका लागि ६३ जना सिफारिस

माओवादी केन्द्र स्याङ्जाबाट संघ र प्रदेश सभाका लागि ६३ जना सिफारिस

स्याङ्जा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) स्याङ्जाले आसन्न संघ र प्रदेश निर्वाचनका लागि आकांक्षी ६३ जना उम्मेदवारको नाम प्रदेशमा सिफारिस गरेको छ। 

माओवादी केन्द्रले स्याङ्जाका ६ वटा निर्वाचन क्षेत्रबाट ६३ जना अकांक्षीको नाम गण्डकी प्रदेश इन्चार्ज तथा अध्यक्षलाई सिफारिस गरेको हो। 

जिल्लाका २ संघतर्फ र ४ प्रदेशतर्फको प्रत्यक्षमा ३२ जना र समानुपातिकतर्फ ३१ जना आकांक्षी रहेको माओवादी केन्द्र स्याङ्जा संयोजक प्रकाश न्यौपाने (किरण) ले जानकारी दिए। 

उनका अनुसार, संघियसभा क्षेत्र नं. १ को प्रत्यक्षतर्फ अमृता थापा मगर, खिमबहादुर विक, संघ ताम्राकार र र्दुगाानारायण ढकाल छन्। 

यसैगरी, समानुपातिकतर्फ अमृता थापा मगर, शोभाखर ढकाल, धु्रव लम्साल, रेवती थापा मगर, तीलबहादुर गुरुङ् र कृष्णप्रसाद लम्सालगरी ६ जना आकांक्षी हुन्। 
निर्वाचन क्षेत्र १ को (क) तर्फ पनि प्रत्यक्षमा ६ जना आकांक्षी छन्।

 तीमध्ये दिपक थापा, प्रेम थापा, प्रेम हमाल, थमन गुरुङ, नारायण लम्साल कृष्णबहादुर थापा हुन्। समानुपातिकतर्फ भने ४ जना छन्।
(ख) को प्रत्यक्षमा शैलेन्द्र घिमिरे, शिव पराजुली, लोकप्रसाद काफले, दिलबहादुर क्षेत्री र हरि ढकालगरी ५ जना छन्। समानुपातिकमा पनि ५ जना शिफारिस भएका छन्।  

यस्तै, संघतर्फको २ नम्बर क्षेत्रको प्रत्यक्षमा ४ जना परशुराम लम्साल, पदम विक, दयानिधी पौडेल र रेखा बस्याल हुन्। समानुपातिकतर्फ दिल्लीराम रिजाल, लक्ष्मी राना, रुकवीर विक र हेमाकुमारी तराङ् छन्। 
निर्वाचन क्षेत्र २ को (क) को प्रत्यक्षमा प्रकाश न्यौपाने (किरण), ताराप्रसाद भुषाल, मीनप्रसाद कोइराला, तेजप्रसाद सुवेदीगरी ४ जना आकांक्षी हुन् भने समानुपातिकतर्फ ६ जना रहेका छन्। 

(ख) मा हरिप्रसाद भट्टराई, लोकेन्द्र तराङ, घनश्याम भट्टराई, टंकप्रसाद खनाल, नेत्रकुमारी पौडेल, बिष्णु बस्याल क्षेत्री, टिकाराम कुँवर, कमल न्यौपाने र प्रितमगरी ९ जना आकांक्षी छन्। समानुपातिकतर्फ भने ६ जनाको नाम सिफारिस भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.