भारतमा बाइकमा आएका २ व्यक्तिले हाइवेमै ११ जनालाई गोली हाने : एकको मृत्यु, अन्य घाइते

भारतमा बाइकमा आएका २ व्यक्तिले हाइवेमै ११ जनालाई गोली हाने : एकको मृत्यु, अन्य घाइते

बिहार : बिहारको बेगुसरायमा मंगलबार साँझ ६ बजे एनएच-२८ बाइकमा सवार दुई जनाले हाइवेमै अन्धाधुन्ध गोली हानेका छन्। दुवै जनाले  हाइवेको ३० किलोमिटर दायराभित्र गोली हानेका थिए । 

बाटोमा जो भेटियो त्यसैलाई अन्धाधुन्ध गोली प्रहार गरेका उनीहरुले ११ जनालाई गोली हानेका छन् । 

गोली लागेर पञ्चायत समितिका सदस्य अमित कुमारको मृत्यु भएको छ। साथै गोली लागेर निजी वित्तका कर्मचारीसहित १० जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ । 

प्रहरीले समस्तीपुरबाट २ संकास्पदलाई पक्राउ गरेको छ । भाजपाले सोही घटनाको कारण आज बेगुसराय बन्दको आह्वान गरेको छ । केन्द्रीय मन्त्री गिरिराज सिंहले नितिश कुमारको राजीनामा मागेका छन् । एसपीले यस विषयमा प्रहरीको लापरवाही भएको स्वीकार गर्दै ७ प्रहरीलाई निलम्बित गरेका छन् ।

घटनामा एक जनाको मृत्यु भएको बेगुसरायका एसपीले बताए । चन्दन कुमारको मूत्यु भएको छ भने, विशाल सोलंकी (पटना), रञ्जित यादव (मोकामा), नितेश कुमार (बेगुसराय), गौतम कुमार (तेय), अमरजीत कुमार (बरौनी), नितिश कुमार (मन्सुरचक), मोहन राजा (मरांची), प्रशान्त कुमार, रजक र भरत यादव घाइते भएका छन् । 

एनएच-२८ मा, कालो हेलमेट र सेतो शर्ट लगाएका एक जनाले मोटरसाइकल चलाएका थिए भने पछाडि बसेका युवकले निर्मम रूपमा बन्दुक चलाएका थिए। उनीहरुले ४० मिनेटमा ३० किलोमिटरसम्म भएका ११ जनालाई गोली हानेका हुन् ।

समस्तीपुरको उजियारपुर प्रहरीले मंगलबार राति राष्ट्रिय राजमार्ग–२८ स्थित बहिरा चोक नजिकै सवारी चेकजाँचका क्रममा मोटरसाइकलमा सवार दुईजनालाई पक्राउ गरेको छ । दुवैको साथबाट पेस्तोल र भारी मात्रामा कारतूस बरामद भएको छ । दुवैको उमेर २५–२६ वर्षको हाराहारीमा छ ।

बेगुसरायमा यी दुईले नै गोली चलाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सोधपुछका क्रममा उनीहरुले आफूले गोली नचलाएको बताएका छन् । दुवै बेगुसराईका बासिन्दा हुन् । 

घटनाबारे थाहा पाएपछि बेगुसरायको प्रहरी उजियारपुर पुग्न लागेको छ । घटनापश्चात् ७ जिल्लामा अलर्ट जारी गरिएको छ । बेगुसराय र पटना बाहेक समस्तीपुर, खगरिया, नालन्दा, लखीसराय र मुंगेर जिल्लाको सिमानामा नाकाबन्दी गरिएको गरिएको छ। उनीहरुको खोजीमा यी जिल्लाका प्रहरीले ठाउँ–ठाउँमा छापा मारिरहेका छन् । बेगुसरायको सिमाना सिल गरिएको छ । दैनिक भास्कर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.