‘सबै नाका केही दिनमा खुल्छन्’

‘सबै नाका केही दिनमा खुल्छन्’

काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्तामा दुवै देशबीच भएको बहुआमिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्। शीतल निवासमा बुधबार आयोजित शिष्टाचार भेटवार्तामा आएका अध्यक्ष लीलाई राष्ट्रपति भण्डारीले दुई मुलुकबीच हालसालै भएका सम्झौताहरूलाई कार्यान्वयनमा लगे नेपालको विकासमा टेवा पुग्ने पनि बताइन्।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेको राष्ट्रपती कार्यालयले जनाएको छ। 

छलफलमा राष्ट्रपति भण्डारीले दुई देशबीच रही आएको सम्बन्ध र आपसी हितमा चासो राख्दै नेपाल–चीनबीच भएका सम्झौताहरूलाई कार्यान्वयनमा गर्न आवश्यक रहेको रहेको भन्दै सम्झौता कार्यन्वयन गर्न आग्रह गरेको उनका प्रेसविज्ञ टीका ढकालले बताए। ‘चीन र नेपालबीच भएका महत्वपूर्ण सम्झौता समझदारी छन्। ती कार्यान्वयन गर्न आवश्यक छ। भ्रमण र मित्रता अगाडि बढाइरहनुपर्छ भन्ने कुरा भयो,’ राष्ट्रपति भण्डारीलाई उदृत गर्दै प्रेसविज्ञ ढकालले भने। राष्ट्रपतिले नेपाल एक चीन नीतिमा अडिग रहेको उल्लेख गर्दै चीनले नेपाललाई दिँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेको पनि ढकालले बताए।  

यसैगरी अध्यक्ष लीले कोभिड–१९ का कारण बन्द भएको नेपालतर्फका केरुङ र तातोपानी नाकाहरू तत्काल सञ्चालन हुने राष्ट्रपति भण्डारीलाई दिएका थिए। ढकालका अनुसार अध्यक्ष लीले राष्ट्रपति भण्डारीसमक्ष आफूले नाकाहरू अन्य कुनै कारण नभई कोभिड महामारीका कारण बन्द रहेको बताए। उनले भने, ‘महामारीका कारण नेपाली व्यापार नाका बन्द थिए। म यहाँ आउनुभन्दा अगाडि सञ्चालनका लागि त्यो क्षेत्रको क्षेत्रीय व्यापार हेर्ने अधिकारीसँग कुराकानी गरिसकेकाले चाँडै नाका खुल्नेछन्।’ 

अध्यक्ष लीले राष्ट्रपति भण्डारीको नेतृत्वमा महिला सहभागिताका लागि नेपालले हासिल गरेको प्रगति अनुकरणीय रहेको उल्लेख गर्दै यसबाट विश्वले सिक्न सक्ने बताएको ढकालले जानकारी दिए। 

सोमबार नेपाल आएका लीले सोमबार नै सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए। मंगलबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायण खड्का र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका थिए। सभामुख सापकोटाको निमन्त्रणमा चान्सु ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका उनी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.