निर्वाचनको नतिजाअघि नै स्वीडेनकी प्रधानमन्त्री म्याग्डालेनाले गरिन् राजीनामाको घोषणा
स्वीडेन : स्वीडेनकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले आइतबार निर्वाचनको नतिजा आएपछि आफूले राजीनामा दिने बताएकी छन् । म्याग्डालेना एन्डरसनको केन्द्र-वाम गठबन्धन दक्षिणपन्थी पार्टीसँग सानो अन्तरले पराजित भएको छ।
क्रिस्टर्सनले अब सरकार बनाउने सम्भावना बढेको छ । क्रिस्टर्सनले आफू सरकार गठनको सुरुवात गर्ने बताएका छन् । ‘स्थिर सरकार बनाउन म सक्दो प्रयास गर्न तयार छु,’ उनले भने ।
चुनावको अन्तिम नतिजा अझै आइसकेको छैन। स्वीडेनमा मत पुन: गणना गरिने अभ्यास छ।
एन्डरसनले बुधबार एक पत्रकार सम्मेलनमा पुन: गणना गर्नुअघि नै हार स्वीकार गरेकी हुन्। उनले बिहीबार आधिकारिक रूपमा राजीनामा दिनेछन्। उनले भनिन्, 'संसदमा उनीहरुको एक वा दुई सिटको अग्रता छ। यो आंशिक बहुमत हो तर पनि बहुमत नै हो।' बीबीसी