अधुरा आयोजना चुनावी एजेन्डा

अधुरा आयोजना चुनावी एजेन्डा

फिदिम : निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र नेताहरूले विकासका अधुरा आयोजनाहरूलाई चुनावी एजेन्डा बनाउन थालेका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएपछि पाँचथरका नेताहरूले आफ्नो निर्वाचन क्षेत्रका अधुरा आयोजनालाई चुनावी एजेन्डा बनाउन सुरु गरेका हुन्। 

जिम्मेवारीमा हुँदा जनचाहना अनुरूप काम गर्न नसकेका नेताहरूनै फेरि उम्मेदवार बन्ने निश्चित भएपछि विकासको चर्को भाषण सुरु गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले लथालिंग अवस्थामा रहेको ‘राँके–रवि–भेडेटार’ सडक खण्डलाई चुनावी एजेन्डा बनाएको छ। एमालेले अधुरा आयोजनाको विषयमा भाषण मात्र हैन विज्ञप्ति जारी गरेर अधुरा आयोजना पूरा गर्न माग गरेको छ।

एमाले पाँचथरले विज्ञप्ति जारी गर्दै राँके–रवि–भेडेटार सडक कालोपत्रेको ठेक्का रद्द गरी अर्को टेन्डर आह्वान गर्न माग गरेको हो। निर्धारित समयमा काम नगर्ने भारतीय निर्माण कम्पनी ‘एफ्को इन्फ्राको प्रालि’ लाई कारबाही गर्नुपर्ने एमालेले माग गरेको छ। तर, यो सडकखण्ड एमालेका प्रभावशाली नेता सुवास नेम्बाङ र केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वसन्त नेम्बाङको निर्वाचन क्षेत्रमा पर्छ। एमाले पाँचथरको इञ्चार्जसमेत रहेका बसन्तको एकल नाम प्रतिनिधसभा सदस्यका लागि सिफारिस भएको छ। बसन्त फेरि उम्मेदवार बन्ने निश्चित भएपछि एमालेले अधुरा आयोजनालाई चुनावी एजेन्डा बनाउन सुरु गरेको स्थानीयको आरोप छ। 

‘बिभागीय मन्त्री हुँदा काम गर्न नसक्नेले अधुरो आयोजनाको बिषयमा चर्को कुरा गरेर जनतालाई भ्रममा पार्न खोजिएका छ,’ स्थानीय अजेन्द्र तामाङले भने ‘उम्मेदवार बन्न चाहनेहरूसँग नयाँ एजेन्डा छैनन्।’  करिब २० महिना बिभागीय मन्त्री भएका बसन्तले उक्त सडकको काम अघि बढाउन सकेनन्। तीन वर्षमा सम्पन्न हुनुपर्ने काम समय गुज्रिसक्दा १८ प्रतिशत मात्र पूरा भएका छ। सदरमुकाम फिदिम बजारमा रहेको खेल मैदानलाई आधुनिक रंगशाला बनाउने भन्दै दुई वर्षअघि वसन्तले नै शिलान्यास गरे। निर्धारित समय गुज्रिसक्दा उक्त रंगशालको आधा पनि काम पूरा भएको छैन। 

विभागीय मन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रमा प्रभाकारी रुपमा काम अघि बढाउन नसकेका उनै बसन्तले चुनावमा अधुरा आयोजनालाई एजेन्डा बनाएका हुन्। कांग्रेसले पनि तीनै अधुरा आयोजनालाई एजेन्डा बनाएको छ। कांग्रेसका केन्द्रीय सह महामन्त्री भीष्मराज आङ्देम्बेको एकल नाम प्रतिनिधि सभाका लागि सिफारिस भएको छ।

कांग्रेसबाट आफू उम्मेदवार हुने निश्चित भएपछि आङ्देम्बेले बिकासका अधुरा आयोजनाहरूलाई पूरा गर्न आफूले जित्नै पर्ने दाबी गर्दै आएका छन्। ‘भौतिक पूर्वाधारमन्त्री पाँचथरले पाएर पनि विकासले गति लिएन,’ एमालेप्रति लक्षित गर्दै आङ्देम्बेले भने ‘विकासका अधुरा आयोजना पूरा गर्न र नयाँ आयोजनाहरू सञ्चालन गर्न मेरो उम्मेदवारी हो।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.