स्याङ्जामा एकैदिन ४६ प्रतिवादी पक्राउ
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैदिन ४६ जना विभिन्न मुद्दाका प्रतिवादीहरु पक्राउ गरेको छ।
सार्वजनिक मुद्दामा सजाए तोकेपछि फरार उनीहरुलाई जिल्ला तथा मातहतका कार्यालयबाट खटिएका प्रहरीले बुधबार ४६ जना पक्राउ गरी आवश्यक कारवाही अघि बढाएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।
‘प्रतिवादि पक्राउ अभियान’ संचालन गरेको प्रहरीले फैसला कार्यान्वयनको शिलशिलामा विगत ५ वर्षदेखि फरार प्रतिवादी पक्राउ गरी प्रशासन कार्यालय स्याङ्जाामा आवश्यक कारवाहीका लागि बुझाएको प्रनाउ खनालले बताए।
सार्वजनिक अपराध तथा अन्य कसुरका आरोपित उनीहरुबाट १ लाख २६, हजार ७५ रुपैयाँ समेत राजश्व संकलन गरिएको र कसुर अनुरुप कारवाही अघि बढाएको प्रहरीको भनाइ छ।