नेकपा माओवादी केन्द्र बर्दियाले गर्‍यो उम्मेदवारको नाम सिफारिस

नेकपा माओवादी केन्द्र बर्दियाले गर्‍यो उम्मेदवारको नाम सिफारिस

गुलरिया:  नेकपा माओवादी केन्द्र बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टीको जिल्लास्तरको निर्णयले आसन्न निर्वाचनका सम्भावित उम्मेदवारको नामावली लुम्बिनी प्रदेश समितिमा पठाएको हो ।

बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्बर १ सदस्यमा प्रत्यक्षतर्फ तिलकराम शर्मा (हिमाल) र दुर्गाबहादुर थारु (कविर) को नाम सिफारिस गरेको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समन्यव समिति बर्दियाले जनाएको छ । 

प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (क) मा कर्ण बहादुर थापा, राजेन्द्र सिंह लामिछाने, शंकर प्रसाद थारु, बसन्तराज डीसी र कृष्ण प्रसाद भुसाल छन् । क्षेत्र नम्बर १ (ख) मा अञ्जु दहित, कोलराज पुरी, दुर्गाबहादुर विक, गेहेन्द्र प्रसाद ढकाल, पतिराम थारु छन् । 

बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सदस्यमा शुरेश पन्थ बैठकको बहुमत सदस्यहरुको निर्णयबाट एकल सिफारिस भएका छन् । 

सन्तकुमार थारु र मान बहादुर थारु आकांक्षीको नामले सिफारिस भएका हुन् । प्रदेस सभा सदस्य क्षेत्र नम्बर २ (क) बाट गणेश बहादुर क्षेत्री, चित्र प्रसाद खनाल, हरिहर चौधरी, चक्र बहादुर भण्डारी, श्यामलाल थारु, युक्तमान सिंह केसी र ऋषी काफ्ले सिफारिस भएका छन् । क्षेत्र नम्बर २ (ख) बाट मान बहादुर थारु, चिन्तामणी आचार्य, झनकुमार ढकाल, गणेश अर्याल र दयाराम बैद्य (थारु) सिफारिस भएका छन् । 

प्रतिनिधि सभा समानुपातिक उम्मेदवार तर्फ मानबहादुर थारु (जनजाती), अञ्जु दहित (जनजाती महिला), विष्णु बहादुर शाही (खस आर्य), भीम बहादुर खत्री (खस आर्य), रिपु गुरुङ (जनजाती), मान बहादुर बैगार (दलित), जमानसिंह रावत (खस आर्य), भिमा विक (दलित महिला) र नविन पोखरेल (खस आर्य) सहिद परिवारबाट सिफारिस भएका छन् ।

प्रदेश सभा समानुपातिकतर्फ कृष्णा कुश्मा थारु (जनजाती महिला), राधा आचार्य (खस आर्य महिला), लल्लुराम थारु (जनजाती), मेनका कुमारी चौधरी (जनजाती महिला), विनायक रसाईली (दलित), लौटी थारु (जनजाती महिला), भोमि विटालु (दलित महिला), जंगबहादुर थारु (जनजाती), तेज बहादुर नेपाली (दलित), टेक बहादुर कामी (दलित), लिला चौधरी (जनजाती महिला), शुभद्रा थारु (जनजाती महिला), मेवालाल गौतम (खस आर्य), राधिका बोहोरा (खस आर्य महिला), नन्कौ गोडिया (मधेसी), कल्पना कुमारी चौधरी (जनजाती महिला), श्यामकुमारी चौधरी (शाही) (जनजाती महिला), चन्द्रबहादुर नेपाली (दलित), गणेश विक (दलित), लक्ष्मी चौधरी (जनजाती महिला), चन्द्रबिर बिश्वकर्मा (दलित), पवित्रा थारु (जनजाती महिला), परमेश्वर थारु (जनजाती), लिला बहादुर सुनार (दलित) बिश्वनाथ पाण्डे (खस आर्य), लक्ष्मी चौधरी (ख) (जनजाती महिला), आशाकुमारी थारु (जनजाती महिला), लक्ष्मी शर्मा (खसआर्य महिला), रिता आचार्य (खसआर्य महिला), रामचन्द्र यादव (मधेसी), लालबहादुर कामी (दलित), देवराज योगी (जनजाती), पुर्णकला भुर्तेल (खस आर्य महिला) सिफारिस भएका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.