महारानी एलिजाबेथको अन्त्येष्टिमा कोको सहभागी हुँदै छन्?

महारानी एलिजाबेथको अन्त्येष्टिमा कोको सहभागी हुँदै छन्?

लण्डन : महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि आउँदो सोमबार अर्थात सेप्टेम्बर १९ मा हुनेछ। सो अवसरमा शाही परिवारका सदस्य र विश्वभरका नेताहरुको उपस्थिति रहनेछ।  

अन्त्येष्टिमा सहभागी हुनलाई निमन्त्रणा पठाइएको छ। रानीको अन्त्येष्टिमा राज्य प्रमुख र प्रतिष्ठित विदेशी पाहुनाहरू सहित ५०० भन्दा बढी व्यक्तिहरूलाई  बोलाइएको छ। 

अधिकांश नेताहरुलाई व्यावसायिक उडानबाट आउन भनिएको छ। लण्डन पुगेपछि यी नेताहरूलाई बसमा चढाएर पश्चिम लन्डन लगिनेछ। रानीको अन्तिम संस्कार वेस्टमिन्स्टर एबेमा हुनेछ। त्यहाँ कम्तिमा २ हजार २ साय मान्छे उपस्थित हुन सक्छन्।

माहारानीको अन्त्येष्टि कार्यक्रममा युरोपमा भएका राजपरिवारका सदस्य आउनेछन्। त्यसमध्ये बेल्जिएयमका राजा फिलिप र रानी मथिल्डे अन्त्येष्टिमा पुगिसकेको पुष्टि गरेका छन्। त्यस्तै राजा विलियम एलेक्जेन्डर र रानी म्याक्सिमा तथा उनकी आमा पूर्व डच रानी प्रिंसेस ब्रिटिस पनि उपस्थित हुने छन्।

स्पेनका राजा फिलिप र रानी लेटिजियाले पनि निमन्त्रणा स्वीकार गरेका छन्। यस अवसरमा नर्वे, स्वीडेन र डेनमार्कका राजपरिवारका सदस्य पनि आउनेछन्। 

त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नी पत्नी जिल बाइडेनसँग अन्त्येष्टिमा उपस्थित हुने ह्वाइट हाउसले बताएको छ। तर, उनी बसमा दाहसंस्कार स्थलमा नजाने बताइएको छ।  

साथै भारतकी राष्ट्रपति द्रौपदी मुर्मु बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन लण्डन जाने भएकी छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त कार्यक्रममा सहभागी हुन लण्डन जाने वा नजाने भन्ने पुष्टि गरेका छैनन्।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अन्तिम संस्कारमा सहभागी हुन निमन्त्रणा स्वीकार गरेका छन्। न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डर्न र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि सहभागी हुनेछन्।  

अन्त्येष्टिमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे पनि सहभागी हुने अपेक्षा गरिएको छ।  साथै अन्त्येष्टिमा विश्वका धेरै प्रमुख नेताहरू सहभागी हुनेछन्। तीमध्ये आयरल्याण्डका नेता ताओइसेच माइकल मार्टिन, जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टाइनमेयर, इटालियन राष्ट्रपति सर्जियो माटारेल्ला र युरोपेली आयोगका अध्यक्ष उर्स भोन्डर लिन छन्।

साथै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले रानीको अन्त्येष्टिमा आफ्नो उपस्थिति पुष्टि गरेका छन्।  टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जापानी सम्राट नारुहितो पनि सहभागी हुने अपेक्षा गरिएको छ। 

यसै साता कजाकिस्तान र उज्वेकिस्तानको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ अन्त्येष्टिमा सहभागी हुने वा नहुने यकिन छैन। उनी कोभिड महामारीपछि पहिलो पटक चीन बाहिर गएका हुन्।

ह्वाइटहल स्रोतका अनुसार आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको इरानबाट राजदूत स्तरको सहभागिता हुनेछ।  नेपालबाट अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का बेलायत जाने भएका छन्।

महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन रुस, बेलारुस वा म्यानमारका कुनै पनि प्रतिनिधिलाई निमन्त्रणा गरिएको छैन। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.