वालिङलाई चारवटा डायलायसिस मेसिन

वालिङलाई चारवटा डायलायसिस मेसिन

स्याङ्जा : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वालिङ नगरपालिकास्थित डायलायसिस सेन्टरका लागि चारवटा मेसिन उपलब्ध गराएको छ। 

वालिङ नगरपालिकाको समन्वयमा वडा नं. १० मा सञ्चालित वालिङ सामुदायिक डायलायसिस केन्द्रमा रहने गरी मन्त्रालयले ती मेसिन उपलब्ध गराएको हो। 

मृर्गौला डायलायसिस गर्नेको संख्या दिनप्रति बढ्दै गएपछि केन्द्रले थप मेसिनका लागि नगरपालिकासँग अनुरोध गरेको जनाएको छ।

स्वास्थ्य सेवा विभाग प्रशासन महाशाखा प्रमुख भुवन काफ्लेले नगरप्रमुख कृष्ण खांण, निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांण, उपपप्रमुख कविता तिवारी तथा रोटरी क्लबका अध्यक्ष सीता डुम्रे, पुर्व अध्यक्ष राजेन्द्र डुम्रे लगायतको उपस्थितिमा सो मेसिन हस्तान्तरण गरेका हुन।

नगरपालिकाको सहयोगमा गत वर्षदेखि रोटरी क्लब अफ वालिङले केन्द्रमार्फत मृर्गौला पीडितलाई निःशुल्क डायलायसिस सेवा उपलब्ध गराउँदै आएको छ। 

निप्रो कम्पनीको करिब ७८ लाख मूल्य बराबरको डायलायसिस मेसिन उपलब्ध गराएको केन्द्रका कार्यालय प्रमुख अर्जुन तिवारीले जानकारी दिए। 

यसअघि केन्द्रमा ८ वटा डायलायसिस मेसिनबाट दैनिक दुई चरणमा १६ जना बिरामीले डायलायसिस गराउँदै आएका छन्।

योसँगै अब केन्द्रमा १२ वटा मेसिनबाट दैनिक २४ जनाको मृगौला डायलायसिस गरिने प्रमुख तिवारीले बताए। मृगौलाका अवस्था हेरेर हप्तामा १, २, ३ पटकसम्म डायलायसिस गर्नुपर्ने उनको भनाइ छ। 

हाल सेन्टरमा ४३ जनाले नियमित मृगौला डायलायसिस गराउँछन्। केन्द्र स्थापनाअघि यहाँका धेरै जना मृर्गौला पीडितहरू अन्यत्र सहर तथा जिल्लामा गएर उपचार गराउन बाध्य थिए। 

यहाँ स्याङ्जाका कालीगण्डकी, चापाकोट, वालिङ, हरिनास, बिरुवा पालिकावासी र कास्की, पर्वत लगायत छिमेकी जिल्लाका मृगौला पीडितले समेत डायलायसिस सेवा लिँदै आएका बताइएको छ।

डायलायसिस केन्द्रमा मृर्गौला डायलायसिस मात्र नभई मृर्गौला परीक्षण पनि हुँदै आएको छ। केन्द्रमा दैनिक सरदर ३५ जना जति मृर्गौला परिक्षणका लागि आउने गरेका छन्। 

केन्द्रले पाँच हजार जनाको मृर्गौला परीक्षण गर्ने लक्ष्य लिएको छ। मृगौला संक्रमित भएपछि डायलायसिस गराउनुभन्दा पहिला नै मृगौला स्वस्थ राख्नका लागि परीक्षणसहित सुझाव दिने गरेको डायलायसिस केन्द्रले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.