प्रतिनिधि सभाको अन्तिम बैठक आज

प्रतिनिधि सभाको अन्तिम बैठक आज

काठमाडौं : प्रतिनिधि सभाको ५ वर्षको कार्यकाल प्रभावकारी नरहेको सांसदले बताएका छन्। शुक्रबार बसेको बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रमुख प्रतिपक्ष दल एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभाको कार्यकाल प्रभावकारी नभएको बताए। उनले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका ननिभाएको आरोप लगाए।

‘संसद्लाई प्रभावकारी बनाउने कुरामा विभिन्न किसिमका समस्याहरू देखा परे। जननिर्वाचित प्रतिनिधिमूलक संस्थाले प्रभावकारी ढंगले भूमिका खेल्नुपर्ने त्यो खालको भूमिका रहेन,’ पोखरेलले भने, ‘नेतृत्व गर्ने पात्रको भूमिका धेरै महत्वपूर्ण हुन्छ। अहिलेको सभामुखज्यूले वास्तवमा एउटा प्रतिनिधिसभाको नेतृत्वको गर्ने व्यक्तिको भन्दा पनि गठबन्धनको एउटा बफादार कार्यकर्ताको रूपमा भूमिका खेल्नुभयो। त्यो बडो दुःखद् छ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद्को कार्यकाल सन्तोषजनक हुन नसकेको बताए। जनताका मुद्दा स्थापित गर्न र मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन संसद्को कार्यकाल सन्तोषजनक हुन नरहेको उनको भनाइ छ। मुलुकको विकास र सुशासनका हिसाबले पनि विगतको ५ वर्ष खराब भएको दाबी गरे। 

‘२०७४ सालको निर्वाचन पनि जस्तो सोचिएको थियो, त्यस्तो संसद्को कार्यकाल हुन सकेन। संसद् विघटनविरुद्ध आन्दोलन नगरेको भए मुलुक तानाशाही शासनमा जाने खतरा थियो,’ उनले भने, ‘केपी ओलीको व्यक्तिवादी चरित्र र अहंकारका कारण मुलुक अन्योलको बाटोमा गयो।’ राष्ट्रको विकासको हिसाबले, सुशासनको हिसाबले कार्यकाल नराम्रो रहेको उनको भनाइ थियो। ‘राज्य सञ्चालनको तरिकासँग म सहमत छैन। राज्यमा जुन ढंगले सुशासनको मान्यतालाई अवलम्बन गर्नुपर्ने कुरा हो त्यो हुन नसकेको कुराले म अत्यन्तै चिन्तित छु,’ उनले भने, ‘मुलुकमा विचारमा, कार्यशैलीमा पुनर्गठनको, रूपान्तरणको आवश्यकता छ।’ 

आज अन्तिम बैठक 

शुक्रबारको बैठकले तीनवटा विधेयक पारित गरेको छ। पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको हो। प्रतिनिधिसभाको अन्तिम बैठक शनिबार दिउँसो १ बजे बस्नेछ। 

शनिबार मध्यरातबाट चालू प्रतिनिधिसभाको आयु अन्त्य हुनेछ। सरकारले पनि संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार मध्यरातदेखि संसद्को ११औं अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची असोज २–३ मा बुझाउने निर्वाचन कार्यतालिका भएकाले सोभन्दा अगाडि नै प्रतिनिधिसभाको आयु सकिएको हो। प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते हुँदै छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.