बबई नदीले खतराको तह पार गर्‍यो

बबई नदीले खतराको तह पार गर्‍यो

गुलरिया : बुधबार रातीदेखि परेको अविरल बर्षाका कारण बबई नदीको जलस्तर खतराको तह पार गरेको  छ। बर्दिया लगायत आसपासका क्षेत्रमा निरन्तर बर्षा भएपछि नदीको सतह बढेको हो। 

बबई नदीको जलस्तर बढेर खतराको तह पारगरेको नेपालको हाईड्रोलोजीले जनाएको छ। बबई नदीको चेपाङमा पानीको सतह ६ दशमलव १३ मिटर पुगेको छ। चेपाङमा ५ दशमलव ५० चेतावनी र ६ दशमलव १० मिटरलाई खतराको तह मानिन्छ। बर्षा अझै भैरहेकोले बबई र कर्णाली नदीका तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने समुदायह?लाई सतर्क रहन स्थानीय प्रशासनले सजग गराएको छ।
    

गएराती कर्णाली नदीमा पनि जलस्तर बढेर चेतावनी तह पुगेको थियो। शनिबार बिहान घटेर सामान्य बनेको छ। दाङको राप्तीमा गत २४ घण्टामा १ सय ६८ दशमलव ८ मिलिमिटर बर्षा रेकर्ड भएको छ। बर्दियामा पनि अत्यधिक बर्षा भएको छ। बर्दियाको कर्णाली राजापुरमा २४ घण्टामा २ सय ६७ दशमलव ४ मिलिमिटर बर्षा मापन गरिएको छ। 

औराही खोला गोदानामा २ सय २७ दशमलव ६ मिलिमिटर बर्षा भएको छ। २४ घण्टामा १ सय ४० मिलिमिटर बर्षालाई खतरा मानिन्छ। निरन्तरको बर्षाका कारण जनजीवन प्रभावित बनेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.