सुनार खोलामा पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध

सुनार खोलामा पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट : कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने सुनार खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। 

शुक्रबार राति ७ बजे भारी वर्षासँगै खसेको पहिरोले राजमार्ग नै ठप्प भएको हो। 
 
पहिरोमा फसेका गाडी निकाल्नका लागि यात्रुहरूले ढुंगाको पर्खाल लगाएका छन्। सुर्खेतदेखि मुग जाँदै गरेको गाडी चालक सन्तोष बुढाले सुनार खोलामा पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि सुर्खेत फर्किएको बताए। 

उनले भने, 'राजमार्ग खुल्न समय लाग्ने भयो। सुनार खोलामा फसेको गाडी निकाल्न भाँसिएको सडकमा यात्रुहरूले ढुंगाको पर्खाल लगाउँदै थिए। जुम्लाबाट आएको गाडीमा यात्रुहरू पठाएर म सुर्खेत फर्किए। यो राजमार्ग वर्षायाम लागेसँगै कहाँ अवरुद्ध हुन्छ थाहै हुँदैन। हामीलाई सुर्खेतबाट कर्णालीका कालिकोट, जुम्ला र मुगु जाँदा गन्तव्यमा पुग्नै सकस हुन्छ। राजमार्गको अवस्था कहिले सुधार होला खै।' 
  
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डीएसपी जयस्वर रिमालले सुनार खोलामा फसेको गाडी उकास्न प्रहरी र गाडीमा सवार यात्रुहरूले भाँसिएको सडकमा ढुंगाको पर्खाल लगाएर निकालिएको बताए। 

उनले भने, सुनार खोलामा शुक्रबार बेलुका ७ बजेतिर जुम्लादेखि सुर्खेत आउने यात्रुबाहक बस हिलोमा फस्यो। निकाल्नका लागि टोचन लगाईयो तर टोचन चुडियो। गाडी उकास्न नपाउँदै माथिबाट पहिरो खस्यो। सडक भाँसियो। धन्नै गाडी पहिरोमा बगेन। पछि यात्रुहरू र प्रहरीले भाँसिएको सडकमा ढुंगाको पर्खाल चिने। शनिबार दिउँसो धन्नले गाडी तानियो। राजमार्ग अझै नियमित भएको छैन। पहिरो र राजमार्गमा भरिएको हिलो पन्छाएर बेलुकासम्म राजमार्ग खुलाउने तयारी भइरहेको छ।' 
  
कर्णाली राजमार्गमा हुने पहिरोका कारण प्रहरीलाई समेत हैरान भएको प्रहरी प्रमूख रिमालले बताए। 

उनले थपे, 'प्रहरीको कामै सडक खुलाउने भयो। सडक डिभिजनले सडक सुधार र सडक खुलाउनका लागि साधनहरू यहाँ राखेको छैन। हामीलाई स्रोत साधन जुटाएर सडकमा आउने पहिरो पन्छाउने र दुर्घटना रोक्न निकै जटिल छ।'

स्थानीय बिरेन्द्र बुढाले सुनार खोलामा पहिरोका कारण शनिबार साँझदेखि राजमार्ग अवरुद्ध भएको बताए। 

उनले भने, 'राजमार्गमा झण्डै २ सय गाडीको लाइन छ। यात्रुबाहक बस, ट्रक र साना गाडीहरू पहिरो आसपासमा लाइन लागेका छन्। यात्रुहरूको बिचल्ली छ। वर्षा आज पनि भइरहेकाले राजमार्ग थप अवरुद्ध हुने त्रास छ। यो राजमार्गमा त वर्षा लाग्नै हुन्न यात्रुहरूले सास्ती खेप्नु परेको छ।'  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.