डेंगु फैलिन थालेपछि 'खोज र नष्ट गर' अभियान

डेंगु फैलिन थालेपछि 'खोज र नष्ट गर' अभियान

बेनी : म्याग्दीमा डेंगु संक्रमण फैलिन थालेपछि लामखुट्टेको वासस्थान 'खोज र नष्ट गर' अभियान थालिएको छ। 

देशका विभिन्न ठाउँमा फैलिएको डेंगुका बिरामी म्याग्दीमा पनि भेटिन थालेपछि सदरमुकाम बेनीमा अभियान सञ्चालन भएको हो। 

लामखुट्टेको लार्भा र वासस्थान नष्ट गर्ने अभियान सुरु गरेको बेनी नगर कार्यपालिकाका प्रवत्ता समेत रहेका वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए। 

अभियानअन्तर्गत शनिबार बेनीको संगमचोक, बालमन्दिरचोक, खुल्ला मञ्च खेलमैदान, बिरेन्द्रचोक, मंगलाघाट, बसपार्क, कालीगण्डकी र म्याग्दी नदीको किनारमा लामखट्टेको सम्भावित वासस्थान पहिचान र नष्ट गरिएको छ। 

'जनप्रतिनिधीहरूको नेतृत्वमा चारवटा समूह बनाएर टोल सुधार समिति, स्थानीयवासी, विद्यार्थी र सुरक्षाकर्मीहरूको सहभागितामा अभियान सञ्चालन गरिएको हो,' वडा अध्यक्ष श्रेष्ठले भने 'लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी झाडी नष्ट गर्ने, फोहोर संकलन गरी व्यवस्थापन, पानी जम्ने ठाउँ पुरिएको छ।' 

श्रेष्ठका अनुसार डेंगु संक्रमित बेनीकी एक युवतीको काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो। बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाको संयुक्त बैठक बसेर अभियान सञ्चालन गर्ने निर्णय भएको थियो। 

स्वास्थ्य कार्यालयका अनुसार सन २०२२ सुरु भएयता म्याग्दीमा १३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। 

कार्यालयका प्रमुख एकनारायण लम्सालले पछिल्लो १० दिनयता ११ जनामा डेंगु पुष्टि भएको बताए। जिल्लामा सन २०२१ मा ६८, २०२० मा ९९ र २०१९ मा ११ जनामा डेंगु संक्रमण भएको थियो। 

तीनदेखि पाँच दिनसम्म लगातार ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी दुख्नु, पेट तथा आन्द्रामा गडबडी डेंगुको लक्षण हुन्। 

चिकित्सकका अनुसार डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्दछ। थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ। 

डेंगुका बारेमा स्थानीय तहहरूसँग समन्वय गरेर सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण पनि गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताए। 

बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा र मालिका गाउँपालिकामा डेंगु संक्रमित भेटिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.