आईटीमा बढ्दो क्रेज

आईटीमा बढ्दो क्रेज

नेपालमा सूचना प्रविधिको स्कोप बढ्दै गएको छ। विश्वव्यापी रूपमा फैलिएको कोभिड—१९ पछि यसको महत्त्व र गरिमा अझ व्यापक भएको छ। 

 सरकारले पनि डिजिटल नेपालको परिकल्पना गरेको छ। हरेक क्षेत्रमा सूचना प्रविधि (आईटी) आवश्यक पर्न थालेको छ। जसले गर्दा आईटी अध्यापन गराउने कलेज, विश्वविद्यालयहरू बढ्दै गइरहेका छन्। आईटी अध्ययन गर्ने विद्यार्थीले जताजतै अवसर पाउँछन्। स्वदेशमै प्रशस्त अवसर पाउनुका साथै विदेशमा पनि अवसरै अवसर भएकाले आईटी पढाउने कलेजहरू बढ्दै गएका छन्। दिनानुदिन विद्यार्थी पनि यसतर्फ आकर्षित हुँदैछन्। 

आईटी मुख्यतः सफ्टवेयर र हार्डवेयरमा पढाइ हुन्छ। यसभित्र पनि धेरै सहायक फिल्ड छन्। पछिल्लो समयमा जुनसुकै कार्यालयमा पनि आईटी विज्ञ आवश्यक पर्न थालेका छन्। जसले गर्दा धेरै इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङ गरेका इन्जिनियरको माग बढ्दै छ।

यसअन्तर्गत जटिल इलेक्ट्रोनिक्स, सञ्चार र सूचना प्रणालीको विश्लेषण गर्न र डिजाइन गर्न प्रविधि र सीप सिक्छन्। विद्यार्थीले मोबाइल सञ्चार, अडियो, डिजिटल क्यामेरा, मल्टिमिडिया र इन्टरनेटजस्ता क्षेत्रमा सजिलै काम गर्न सक्छन्।  यसमा स्नातक गरेका विद्यार्थीले डाटा कम्युनिकेसन, डिजिटल सेटेलाइट कम्युनिकेसनलगायतका क्षेत्रमा दक्षता हासिल गर्छन्। 

आईटी, दूरसञ्चार क्षेत्रमा रोजगारीको अवसर पाउँछन्। त्यतिमात्र नभई सरकारी, शैक्षिक वा औद्यौगिक क्षेत्रमा पनि उनीहरूको माग बढ्दो छ। माइक्रो वेब, अप्टिकल सञ्चार, सिग्नल प्रशोधन, दूरसञ्चार, उन्नत सञ्चार, माइक्रो इलेक्ट्रोनिक्सलगायतका क्षेत्रमा आईटी पढेका विद्यार्थीले अवसर पाउँछन्। कुनै क्षेत्र रोजेर काम गर्न मात्र नभई आफैं इनोभेसन गर्न पनि सहज हुने जानकार बताउँछन्।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर यस विषयमा अध्यापन हुने कलेज बढ्दै छन्। विदेशी विश्वविद्यालय तथा विदेशी उच्च कम्पनीसँग जोडिएर पनि आईटी अध्यापन गराउने कलेजको चाप बढ्दै गएको छ। नामी कलेजले विगत दुई वर्षयता आईटीमा तीन कोर्स पढाउन सुरु गरेको छ। सफ्टवेर, नेटवर्किङ र बीएस्सी कम्प्युटर इन्जिनियरिङ अध्यापन गराइरहेको छ। 

बेलायतको विश्वविद्यालयबाट सम्बन्धन लिएर आईटीको अन्तर्राष्ट्रिय कोर्स यसले विद्यार्थीलाई पढाइरहेको छ। नामी कलेजका प्रशासन तथा बजार व्यवस्थापक देवेन्द्र तिमिल्सना आईटी क्षेत्रमा धेरै स्कोप भएको बताउँछन्। ‘आईटीका सबै क्षेत्रमा विद्यार्थीको आकर्षण उस्तै छ’, उनले भने, ‘अहिलेसम्म यहाँबाट सात सय विद्यार्थी पासआउट भइसकेका छन्।’ 

नेपाली पाठ्यक्रम नभई विदेशी पाठ्यक्रम भएकाले यहाँ पढेका विद्यार्थी स्वदेश तथा विदेशमा अवसर पाउने गरेको उनको भनाइ छ। ‘विद्यार्थी व्यावसायिक नै बन्छन्, शतप्रतिशत जागिरमै जान्छन्’, उनले भने। नामीमा कोर्स पूरा गर्न १२ लाख २५ हजार रुपैयाँ लाग्छ।  मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक माधव रिजालले सबै क्षेत्र प्रविधिमैत्री भएकाले आईटीको क्षेत्र व्यापक बन्दै गएको बताउँछन्। ‘अटोमेसन, डिजिटाइजेसन युग सुरु भइसकेकाले आईटीको स्कोप अझ बढेर गएको छ’, उनले भने, ‘आईटीमा नयाँनयाँ कोर्स आइरहेका छन्। नेपालमा मात्र नभई विश्वव्यापीरूपमा दायरा फराकिलो हुँदैछ।’ हरेक अफिसमा आईटी विज्ञ चाहिने भएकाले आईटीको महŒव बढेको रिजाल बताउँछन्। भन्छन्, ‘पहिलापहिला कम्प्युटर अपरेटर राख्दा पुग्थ्यो, अब इन्फरमेसन टेक्नोलोजी पढेको मान्छे नभई हुँदैन।’ 

प्राइम कलेजले सन् २००१ देखि आईटी अध्यापन गराइरहेको छ। वार्षिक दुई सय विद्यार्थी आईटीमै अध्ययन गरेर बाहिरिने गरेका छन्।  कलेजका प्रमुख कार्यकारी अधिकृत विभष बासुकला कोरोनापछि आईटीमा चाप बढेको बताउँछन्। ‘जुनसुकै देशमा गए पनि आईटीको स्कोप छ, यहाँ पढेका विद्यार्थी सबै क्षेत्रमा संलग्न छन्’ उनले भने। 

प्राइम कलेज सेन्टरले धेरै कम्पनीसँग पार्टनरसिप गरेको छ। ‘हामी इन्टर्नसिप तथा  जब ग्यारेन्टी गराएर नै पढाउँछौं’ बासुकला भन्छन्। कलेजमा सीएसआईटी र बीसीएका साथै बीआईएम पढाइ हुन्छ। प्राइम कलेजले व्यवस्थापनका विद्यार्थीलाई समेत आईटी पढाउन थालेको छ। प्राइमले अरू कलेजको पनि व्यवस्थापन गर्ने गरी एकेडेमिक कार्यक्रम सञ्चालन गरिरहेको छ। 

यहाँ पढेका विद्यार्थी नेपालको बैंक नेटवर्किङ, आउटसोर्सिङका साथै माइक्रोसफ्टलगायत कम्पनीमा काम गर्छन्। आईटी अध्ययन गरेकाले सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ, वेब डेभलपर र डिजाइनर, इन्टरफेस डिजाइन, एनिमेसन र क्युएफएक्स, मोबाइल एप्लिकेसन, गेमिङ, सिस्टम एडमिनिस्ट्रेटर, सिस्टम एनालाइसिस्ट, प्रोजेक्ट वा योजना व्यवस्थापक, एसईओ÷एसएमएम विशेषज्ञ, डाटाबेस डेभलपर, क्वालिटी एस्युरेन्स,

प्राविधिक, सोसल मिडिया म्यानेजमेन्ट तथा डिजिटल मार्केटिङका काम गर्न सक्छन्।  आईटीमा करियर बनाउन चाहनेले नयाँनयाँ भर्सनमा अपडेट हुन जरुर हुन्छ। सफ्टवेयर डेभलपमेन्टलगायतको काम गर्नका लागि प्रतिस्पर्धात्मक र टेक्निकल ज्ञान अपरिहार्य छ।

सफ्टवेयरको ठूलो बजार रहेकाले यस क्षेत्रमा उल्लेख्य सम्भावना रहेको जानकारहरू बताउँछन्। केहीले त नेपालमै बसेर सफ्टवेयर विकास गरी विदेश निर्यात गरिरहेका छन्। मोबाइल एप्लिकेसन, डेभलपर र नेटवर्क एडमिनिस्ट्रेटरको माग बढ्दै गएको छ। विज्ञहरूका अनुसार डिजिटल नेपाल कार्यान्वयन भएमा आईटीको स्कोप अझ बढ्नेछ। त्यस्तै वेबसाइट, सफ्टवेर निर्माण, इन्टरनेट, मोबाइल सर्भिस क्षेत्रमा आईटीका विद्यार्थीले काम पाउँछन्। 

अहिले आईटी क्षेत्रमा धेरै स्कोप छ। आईटीका सबै विधामा विद्यार्थीको आकर्षण उस्तै छ। अहिलेसम्म हाम्रो कलेजबाट सात सय विद्यार्थी पासआउट भइसकेका छन्। विदेशी पाठ्यक्रम भएकाले यहाँ पढेकाले स्वदेश तथा विदेशमा अवसर पाउँछन्। 
देवेन्द्र तिमिल्सना
प्रशासन तथा बजार व्यवस्थापक, नामी कलेज


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.