निर्वाचन आयोग जलमग्न भएपछि समानुपातिकतर्फको बन्दसूची प्रभावित (फोटो फिचर)
काठमाडौं : निर्वाचन आयोग परिसर जलमग्न भएपछि समानुपातिकतर्फको बन्दसूची प्रभावित भएको छ। भारी वर्षाका कारण आयोग परिसर जलमग्न हुँदा प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्दसूची प्रभावित भएको हो।
आयोग परिसरमा टेन्ट लगाएर बन्दसूचीका लागि रसिद काट्ने कार्य भइरहेको थियो। तर, सो क्षेत्र वर्षाका कारण अस्तव्यस्त हुँदा अर्को स्थानमा रसिद काट्ने व्यवस्था मिलाइँदैछ। अहिलेसम्म ३० दलले आयोग समक्ष बन्दसूची बुझाएका छन्।