'शब्दशिविर' निबन्ध सार्वजनिक
काठमाडौं : गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धहरूको गद्य संकथन 'शब्दशिविर' निबन्ध सार्वजनिक भएको छ।
३१ वर्षअघि देखिएको निबन्धबाट प्रेरित भएर तयार गरेको २५ वटा निबन्धहरूको संग्रह शब्दशिविर सार्वजनिक भएको हो।
लिट्टल एन्जल्सका प्रिन्सिपल रहेका शर्माको पुस्तक सोमबार विमोचन भएको हो। निबन्ध संग्रहको विद्यालयका संस्थापक एवं राज्यमन्त्री उमेश श्रेष्ठले विमोचन गरे।
गीतकारका रूपमा चिनिएका शर्माले निबन्ध संग्रह प्रकाशन गर्दा आफूलाई अत्यन्तै खुसी लागेको बताए। उनले भने, '३४ वर्षदेखि निरन्तर विद्यालयको वागडोर सम्हाल्नुभएका प्रिन्सिपल शर्माको योगदानलाई कसैले बिर्सन हुँदैन।'
उनले अहिलेको अवस्थामा शिक्षामा आमुल परिवर्तनको आवश्यकता रहेको बताए। २०४७ सालमा मधुपर्कमा पहिलो निबन्ध संग्रह निबन्ध प्रकाशित भएपछि आफूलाई लेखन कार्यमा थप उर्जा मिलेको बताए।
'मेरो विद्यार्थी एवं कामना न्युज पब्लिकेशनका प्रमुख कार्यकारी अधिकृत प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठसँग कफीसपमा भेट भएपछि उनले दिएको उक्साहटबाट आफूले निबन्ध संग्रह प्रकाशन गरी आज विमोचन गर्न पाएकोमा खुसी लागेको छ', उनले भने।
उनले कामना न्युन पब्लिकेशनको योगदान मुख्य रहेको बताए।