सत्याग्रहको नवौं दिन : डाक्टर केसीले लत्याए प्रदेश सरकारको आग्रह

सत्याग्रहको नवौं दिन : डाक्टर केसीले लत्याए प्रदेश सरकारको आग्रह

धनगढी : ९ दिनदेखि सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीले प्रदेश सरकारको काठमाडौं लैजाने प्रस्ताव अस्विकार गरेका छन्। कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनसहितका माग राख्दै अनसनरत केसीलाई सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्द बोहराले मंगलबार बिहान भेटेर काठमाण्डौं लैजाने प्रस्ताव गरेका थिए। भाद्र २६ गते धनगढीको कृष्णमन्दिरमा सत्याग्रहमा बसेका डाक्टर केसीलाई तीन दिनमै स्वास्थ्य अवस्थामा समस्या आएपछि, सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको थियो।

प्रदेशका सामाजिक विकास मन्त्री बोहरा, प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर जगदिशप्रसाद जोशीसहितको टोलीले मंगलबार बिहान सेती प्रादेशिक अस्पताल पुगेको थियो। ‘मेरा मागहरु पूरा गर्नुहोस, म काठमाडौं जान्न, नेपालको जुनसुकै अस्पतालमा पनि म मेरो उपचार गराउन स्वतन्त्र छु, म सेती मै बस्छु, मलाई सेती प्रादेशीक अस्पतालका चिकित्सकहरुले राम्रो उपचार गरिरहनु भएकोछ’ डाक्टर केसीले भने।

सामाजिक विकास मन्त्री बोहराले, प्रदेश सरकारले डाक्टर केसीका मागहरु पूरा गर्न नसक्ने भन्दै निरिहता प्रकट गरेका थिए। ‘प्रदेशस्तरबाट हजुरका मागहरु पूरा गर्न सकिदैन, संघले नै गर्ने हो, तर सेती प्रादेशीक अस्पतालले रिफर गरिसकेको छ। मैले गृहमन्त्रीलाई काठमाडौं लैजानका लागि भनेको छ’ सामाजिक विकास मन्त्री बोहराले भने। 

तर जवाफमा केसीले भने, ‘मेरो बारेमा गृहमन्त्रीलाई भनेर हुन्छ ? मेरो स्वास्थ्य र मागको चिन्ता हो भने प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई पो भन्ने हो।’डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशीक अस्पतालले उनलाई चार दिन अघि नै रेफर गरिसकेको छ। तर डाक्टर केसीले सेती प्रादेशीक अस्पताल छोडन मानिरहेका छैनन। 

डाक्टर केसीको अक्सिजनको लेवल घटिरहेको, पेटमा अल्सर भएर आन्तरिक रक्तश्राव भइरहेको, तीन किलो तौल घटेको, मांसपेसीहरु खुम्चिन थालेको भन्दै सेती प्रादेशीक अस्पतालका चिकित्सकहरुले उनलाई विशिष्टकृत सेवा भएको अस्पतालमा रेफर गरिसकेका छन्। उनले गेटामा अस्पताल सञ्चालन गरी मेडिकल शिक्षाको तुरुन्तै पढाई हुनुपर्ने मागसहित चिकित्सा क्षेत्र सुधारका लागि विगतका सरकारहरुले गरेका सहमति कार्यान्वयनको माग गरेका छन्। 

डाक्टर केसीको उपचारमा सेती प्रादेशीक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमर, डाक्टर अमृत जैशीसहितको टोली चौविसै घण्टा अटिएको छ। उपचारमा खटिएका डाक्टर कमरले डाक्टर केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रिरहेको बताएका छन्। डाकटर केसीले मुखबाट केही पनि खान मानिरहेका छैनन् भने नसाबाट पनि पानी दिन नमानेको उपचारमा खटिएका चिकित्सकहरुले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.