मध्यपुर थिमिका चार विपन्न परिवारलाई आवासको व्यवस्था

मध्यपुर थिमिका चार विपन्न परिवारलाई आवासको व्यवस्था

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा बागमती प्रदेश सरकारको सहयोगमा अति विपन्न आवास कार्यक्रम अन्तर्गत चारवटा परिवारका लागि आवासको व्यवस्था भएको छ । मंगलबार एक कार्यक्रम गरी बागमती प्रदेश सांसद् डा. राजेन्द्रमान श्रेष्ठले आवासको साँचो हस्तान्तरण गरेका छन् । 

बागमती प्रदेश सरकारबाट १७ लाख २० हजार सहयोग अनुदानमा मध्यपुर थिमि नगरपालिकाभित्र वडा नं. ८ बोडेमा १, वडा नं. ७ नगदेशमा १, वडा नं. ६ चपाचोमा १ र वडा नं. ५ ताहाननीमा १ गरी चारवटा आवास निर्माण सम्पन्न गरी साचो हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा डा. श्रेष्ठले बागमती प्रदेशमा विगतमा पनि मध्यपुर थिमिमा चार विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको स्मरण गरे । यसवर्ष पनि चार परिवारलाई आवास हस्तान्तरण गर्न पाएकोमा उपभोक्ता समितिका अध्यक्षलगायत सदस्यहरु एवं स्थानीयबासीहरुलाई उनले धन्यवाद दिए ।

आ.व. २०७९/८० को योजनामा पनि यस कार्यक्रमलाई निरन्तरता दिन खोजेको तर विभिन्न कारणले गर्दा सफल हुन नसकेको उनले बताए । जनता जाग्यौं भने त्यसलाई निरन्तरता दिन सक्ने विश्वास उनले व्यक्त गरे । यो कार्य मानवीय सेवामा महत्वपूर्ण पुण्यको कामको रुपमा ठानी भोलिका दिनहरुमा पनि सहयोग गर्ने बचनवद्धता उनले व्यक्त गरे ।

उपभोक्ता समितिका अध्यक्ष रमेश प्रजापतिले मध्यपुर थिमिमा अझै पनि थुप्रै विपन्न परिवारहरु रहेको जनाए । उनीहरुका लागि आवासको अभावमा समस्या भइरहेकोले आगामी आर्थिक वर्षमा यो योजनालाई निरन्तरता दिन माग रहेको प्रजापतिले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.