खर्च विवरण नबुझाउने बैतडीका ९७२ उम्मेदवारलाई जरिवाना

खर्च विवरण नबुझाउने बैतडीका ९७२ उम्मेदवारलाई जरिवाना

बैतडी : बैतडीमा स्थानीय तहको निर्वाचन २०७९ मा भाग लिएका तर निर्वाचन खर्च विवरण नबुझाउने ९७२ जना उम्मेदवारलाई जरिवाना तोकिएको छ। 

२७ जना अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारसहित ९७२ जना कारवाहीमा परेका छन्। 

जिल्लामा नगरपालिकाका वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र सदस्यका उम्मेदवार गरी ४४६ उम्मेदवारलाई कारवाही गरिएको छ। उनीहरूलाई जनही दुई लाखका दरले जरिवाना तोकिएको छ। 

गाउँपालिकाका वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य,  सदस्यका उम्मेदवार गरी ४८९ उम्मेदवारहरूलाई जरिवाना तोकिएको छ। उनीहरूलाई जनही १ लाख ५० हजारका दरले जरिवाना तोकिएको हो। 

चार नगरपालिका र छवटा गाउँपालिका रहेको बैतडीमा २७ जना प्रमुख र उपप्रमखका उम्मेदवार तथा गाउँपालिका र नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य गरी कूल ९७२ उम्मेदवार कारवाहीमा परेका छन्। 

समयमा खर्च विवरण नबुझाउने, पटक पटक सूचना प्रकाशित गर्दा पनि सम्पर्कमा नआउने, निर्वाचन खर्च विवरण नबुझाए पनि स्पष्टिकरण नदिने र चित्तबुझ्दो स्पष्टीकरण नदिएकाहरूलाई निर्वाचन आयोगले जरिवाना गरेको निर्वाचन कार्यालय बैतडीले जनाएको छ। 

बैतडीको डिलाशैनी गाउँपालिकाका नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार अक्कल बहादुर राना, डिलाशैनी गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार गणेश सिंह बोहरा, डिलाशैनीमै अध्यक्षका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका देवीदत्त नाथ, नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार लोकेन्द्र बहादुर राना, स्वतन्त्रबाट गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार अम्मर बोहरा, डिलाशैनीमै नेकपा एमालेबाट उपाध्यक्षका उम्मेदवार लिलावती जोशीलाई जरिवाना तोकिएको छ। 

दोगडाकेदार गाउँपालिकामा पनि स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार गणेश पार्की, दोगडाकेदार गाउँपालिकामै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षका उम्मेदवार स्वर बहादुर कार्की, दोगडाकेदारमै नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार नमराज भट्ट, दोगडाकेदारमै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपाध्यक्षका उम्मेदवार बिमला बहरालाई जरिवाना तोकिएको छ। 

जिल्लाको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचीत भएका गोरख बहादुर चन्द र एमालेबाटै उपाध्यक्षमा निर्वाचीत भएकी बिना भट्टले समेत निर्वाचन खर्च विवरण नबुझाएको भन्दै जरिवाना तोकिएको छ। त्यसैगरी पञ्चेश्वर गाउँपालिकामा स्वतन्त्रबाट उपाध्यक्षका उम्मेदवार धनबीर सार्कीलाई जरिवाना तोकिएको छ। 

त्यसैगरी जिल्लाको शिवनाथ गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षका उम्मेदवार गोरख बहादुर चन्द, शिवनाथ गाउँपालिकामै नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार हजारी सिंह साउँद, शिवनाथ गाउँपालिकामै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपाध्यक्षका उम्मेदवार ज्योती चन्द, नेकपा एमालेबाट शिवनाथ गाउँपालिकाको उपाध्यक्षमा निर्वाचीत समेत भएकी सकुन्तला साउँदलाई पनि जरिवाना तोकिएको छ। 

जिल्लाको सिगास गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मदेवार कृष्ण बहादुर साउद, सिगासकै नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार जस्बीर सिह बोहरा, सिगासकै नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार राम सिंह साउद, सिगासमै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पालिका अध्यक्षका उम्मेदवार लोकराज भट्ट, सिगासमै नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षका उम्मेदवार भृकुटीदेवि चन्द, सिगासमै नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार लक्ष्मीदेवि चन्द, यसैगरी सिगास गाउँपालिकामा नेपाली कांग्रेसबाट उपाध्यक्षका उम्मेदवार सुमित्रा ऐरलाई जरिवाना तोकिएको छ। 

यसैगरी सुर्नया गाउँपालिकामा पनि नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार गजेन्द्र बहादुर चन्द, स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार जीत बहादुर महरा र स्वतन्त्रबाटै सुर्नया गाउँपालिकाका उपाध्यक्षका उम्मदेवार जगदीश कुवँरलाई पनि जरिवाना तोकिएको छ। 

जरिवाना तोकिने अध्यक्ष/उपाध्यक्षमा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्द, पञ्चेश्वर गाउँपालिकाकै निर्वाचित उपाध्यक्ष बिना भट्ट र शिवनाथ गाउँपालिकाका निर्वाचित उपाध्यक्ष सकुन्तला साउँद बाहेक सबै पराजित उम्मेदवार हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.