मकवानपुरमा एकैदिन २१९ जना डेंगुका संक्रमित थपिए

मकवानपुरमा एकैदिन २१९ जना डेंगुका संक्रमित थपिए

हेटौंडा : मकवानपुरमा एकैदिन २१९ जना डेंगुका संक्रमित थपिएका छन्। जसमध्ये २०४ जना हेटौंडा उपमहानगरपालिकाका छन्। 

त्यस्तै मकवानपुरगढीका आठ, मनहरीका पाँच र भीमफेदीका दुई जनामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। 

यससँगै मकवानपुरमा संक्रमितको संख्या एक हजार ८२९ पुगेको छ। जसमा एक हजार ३७ पुरुष र ७९२ महिला छन्। संक्रमणबाट हेटौंडाका एक जनाले ज्यान गुमाएका छन्। 

मकवानपुरमा सबैभन्दा बढी संक्रमित हेटौंडा उपमहानगरपालिकाका छन् भने थाहा नगरपालिका तथा क्रमशः मकवानपुरगढी, भीमफेदी र मनहरी गाउँपालिकामा पनि संक्रमित बढ्दै गइरहेका छन्। 

इन्द्रसरोवर गाउँपालिकामा भने संक्रमितको संख्या शून्य रहेको छ। 

संक्रमित बढेसँगै हेटौंडा अस्पताल, चुरेहिल, मकवानपुर सहकारी तथा  सन्चोलगायत अस्पतालहरुमा बिरामीको चाप बढेको छ। 

संक्रमितमध्ये अधिकांश बालबालिका र वृद्धवृद्धा रहेको स्वास्थ्यकर्मी उत्सव चौलागाईंले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.