बाल साहित्य महोत्सव सुरु

बाल साहित्य महोत्सव सुरु

नुवाकोट : बालबालिकाहरूको लेखन क्षमता विकासका लागि नुवाकोटको बट्टारमा बाल साहित्य महोत्सव सुरु भएको छ। 

नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा सञ्चालन भएको महोत्सव दुई दिनसम्म सन्चालन हुने छ। 

महोत्सवको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरे। उनले साहित्य जीवनकै चिनारी भएका कारण यसको स्तरवृद्धिका लागि बालबालिका तथा अभिभावकहरू क्रियाशील हुन जरुरी रहेको बताए।  

कार्यक्रमका प्रमुख वक्ता शिक्षाविद् डा. विद्यानाथ कोइरालाले संस्कृति, विज्ञान, प्रकृतिलगायतका विविध विषयलाई बालबालिकाको पठन, लेखन संस्कृतिसँग जोड्नुपर्नेमा जोड दिए। 

उनले बालसाहित्य जीवन र जगतसँग जोडिएर आएमा भविष्यका कर्णधारहरूको आत्मविस्वास बढ्ने र ज्ञानको दायरा फराकिलो हुने बताए। 

शिक्षाविद् कोइरालाले सकारात्मक र जीवनपयोगी परम्परागत ज्ञान, सीप, कलालाई विज्ञान र ज्ञानसँग जोडेर बालबालिकासम्म पुर्‍याउनुपर्ने बताए। 

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरीले महोत्सवले जिल्लाभित्र पनि बालबालिकालाई सिर्जनशील बढाउन र शिक्षकहरूलाई पनि बालसाहित्य अध्ययन गर्न प्रेरित गर्ने विस्वास व्यक्त गरे। 

उनले बालसाहित्य बालबालिकाले मात्र नभई अभिभावक र शिक्षकहरूले समेत अध्ययन गरेमा बालबालिकालाई गर्ने व्यवहारमा परिवर्तन आउने बताए।

नेपाल बाल साहित्य समाज, रुम टु रिड, रुडेक नेपालको आयोजनामा भएको बालसाहित्य महोत्सवको पहिलो दिन विभिन्न किसिमका १० वटा बालचित्र कथाका पुस्तकहरू समेत लोकार्पण गरिएको थियो। 

राजु पण्डितको 'गोरु जुधाई', श्याम साहको 'सामा चकेवा', इन्द्र चौधरीको 'नयाँ वनपाले', शान्ति सापकोटाको 'चरीको न्याय', विमला निरौलाको 'तीन चरी', महेश आचार्यको 'काल्टोपे र स्यालटोपे', कविता राईको 'खरानीको बादल' लगायत रहेका छन्। 
विद्यालय, समाज र परिवारमा पठन संस्कृतिको विकास गर्ने, शिक्षा, साहित्य, कला र विकासबारे बहस गर्ने उद्देश्यले  बाल साहित्य महोत्सव आयोजना गरिएको आयोजक संस्था रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए।

महोत्सवमा नेपालका प्रसिद्ध लेखक, कवि, चित्रकार, कलाकर्मी, शिक्षाप्रेमी र साहित्यकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। सो महोत्सवमा पाँच सयभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको छ।

महोत्सलाई जिल्ला समन्वय समिति नुवाकोट, शिक्षा विकास तथा समन्वय इकाई नुवाकोट, विदुर नगरपालिका, सुर्यगढी गाउाँपालिका, शिवपुरी गाउँपालिका, पन्चकन्या गाउँपालिका र नुवाकोट आदर्श बहुमुखी क्याम्पस लगायतले सहयोग गरेका छन्। 

बालबालिकाले तयार पारेका विभिन्न सामाग्रीहरूको प्रदर्शनी चर्चित साहित्यकारहरूसँग विद्यार्थीको प्रत्यक्ष भलाकुसारी लगायतका विविध कार्यक्रम रहनुका साथै महोत्सवमा एक दर्जनभन्दा बढी पुस्तक विमोचन, पुस्तक प्रदर्शनी, पढाइ लेखाइ लगायतका विविध कार्यक्रमहरू भइरहेको आयोजकले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.