भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन

भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन

नयाँ दिल्ली : भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । हृदयघातको कारण उनी अगस्त १० मा दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए। अगस्ट १० मा होटलको जिममा कसरत गर्दै-गर्दा बेहोस भएपछि उनलाई हस्पिटल भर्ना गरिएको थियो । उनी सो होटलमा चार दिन बसेका थिए ।

कवि रमेश श्रीवास्तव उर्फ ​​बलई काकाको घरमा सन् १९६३ मा कानपुरमा जन्मेका राजु श्रीवास्तवलाई बाल्यकालदेखि नै फिल्म स्टारहरूको नक्कल गर्ने सोख थियो। कमेडीको दुनियाँमा अमिताभ बच्चनको नक्कल उनले सबैभन्दा धेरै गरेका छन्।

उनका भतिजा अशोक श्रीवास्तवले भने, 'उनी दैनिक व्यायाम गरिरहेका थिए। त्यही क्रममा उनी ट्रेड मिलबाट एक्कासी खसे । उनलाई हृदयघात भएको थियो र त्यसपछि उनलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो।' उनको परिवारमा श्रीमती शिखा र दुई छोराछोरी छन् ।

राजु श्रीवास्तव ८० को दशकमा अभिनय संसारमा प्रवेश गरेका थिए । उनले सबैभन्दा बढी चर्चा सानो पर्दाबाट कमाएका छन् । २००५ मा 'द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज' मा भाग लिएपछि, उनले हिन्दी भाषी दर्शकहरूमाझ पहिचान पाउन थाले।

 गजोधर भैयाको भूमिकामा उनी निकै चर्चित भए । राजु श्रीवास्तवले यस क्यारेक्टरमार्फत आम भारतीयको जीवनसँग सम्बन्धित पक्षहरू उठाएका थिए, जसमा सबै हाँस्न बाध्य हुन्थे। 

राजु श्रीवास्तवले फिल्ममा पनि काम गरेका थिए । उनी ‘मैने प्यार किया’, ‘बाजीगर’ र ‘आमदानी अठन्नी खर्खा रुपैया’ जस्ता चलचित्रमा पनि स–साना भूमिकामा देखा परेका थिए । उनी उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष थिए।

उत्तर प्रदेशको कानपुर निवासी राजु श्रीवास्तवले पछिल्लो दशकमा राजनीतिमा पनि हात हालेका थिए । केही समय समाजवादी पार्टीसँग आवद्ध भएपछि उनी २०१४ मा भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए ।

उनले युट्युब, टिभी, सीडी र डीभिडी नभएको जमानामा कमेडी गर्न सुरु गरेक थिए। उनको पहिलो कमेडी स्केच 'हसना मना है' पनि अडियो क्यासेटको रूपमा निकालेका थिए।

राजु श्रीवास्तवले आफ्नो एक अन्तर्वार्तामा उक्त कुरा उल्लेख गर्दै भनेका थिए, 'सन् १९८० को दशकको कुरा हो, त्यतिबेला त्यति धेरै च्यानल थिएनन्, दूरदर्शन मात्र थियो । म त्यो समयको मान्छे हुँ । त्यसबेला डीभिडी, सीडी केही थिएन। पेन ड्राइभ पनि थिएन, गरिब जनता... त्यसबेला हाम्रा अडियो क्यासेटहरू रिलिज हुन्थ्यो, जो बीचबीचमा अड्किन्थ्यो। त्यसमा पेन्सिल हालेर मिलाउनुपर्थ्यो। सो समयमा हाम्रो क्यासेट टी-सिरिजमा आएको थियो।' बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.