आफ्नै खर्चमा काठमाडौं उडे डाक्टर केसी (तस्बिरसहित)

आफ्नै खर्चमा काठमाडौं उडे डाक्टर केसी (तस्बिरसहित)

धनगढी : कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनसहितका माग राख्दै १० दिनदेखि सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसी  आफ्नै खर्चमा काठमाडौं गएका छन् । श्री एयरलाइन्सको पौने ५ बजेको जहाजमा आफ्ना २ जना सहयोगी चितित्सक र भाइसँगै डाक्टर केसी काठमाडौं गएका हुन् ।

सेती अञ्चल अस्पतालबाट एम्बुलेन्समा उनलाई धनगढी विमानस्थल लगिएको र त्यहाँबाट श्रीएयरको जहाजबाट काठमाडौं लगिएको हो । डाक्टर केसीसँगै सेती प्रादेशीक अस्पालका डाक्टर द्वय अमृत जैशी र डाक्टर मिथलेस यादव पनि काठमाडौं गएका छन् ।

 दुबैजना डाक्टर केसीको उपचारमा संलग्न थिए । उनीहरुसँगै डाक्टर केसीका भाइ केशव केसी पनि काठमाडौं फर्किएका हुन् । डाक्टर केसीले धनगढीमा अनसन बसेको थाहा पाएपछि उनी ६ दिनअघि मात्रै धनगढी आएका हुन् ।

डाकटर केसीको उपचारमा खटिएका सेती प्रादेशीक अस्पतालका डाक्टर शेरबहादुर कमरले उनको शरीरमा पोषण तत्व र पानीको अभाव भएको, पेटमा अल्सर भएर आन्तरिक रक्तश्राव भएको, मुटुको धडकन कम हुँदै गएको, रगतमा हेमोग्लोबिन कम भएको, पिसाबमा किटेन बढी देखिएको जस्ता समस्या आएकाले काठमाडौं रेफर गरिएको बताए ।

‘हिजो (मंगलबार) सम्म काठमाडौं जान मान्नु भएको थिएन, आज उहाँको स्वास्थ्यमा झन् समस्या देखियो, हामीले पनि उहाँलाई विशिष्टकृत सेवा भएको अस्पतालमा जानका लागि ‘कन्भेन्स’गर्‍ यौं, बल्ल मान्नु भयो,' डाक्टर कमरले भने ।

डाक्टर केसी, आफ्नै खर्चमा काठमाडौं गएका हुन् ।

मंगलबार प्रदेश सरकार र संघ सरकारको काठमाडौं जानुपर्ने प्रस्ताव डाक्टर केसीले नकारी दिएका थिए । मंगलबार बिहान प्रदेशका सामाजिक विकासमन्त्री गोविन्द बोहरा आफै डाक्टर केसी भेटन सेती प्रादेशीक अस्पताल पुगेका थिए । उनले, स्वास्थ्यमा जटिलता आएकाले काठमाडौं जान आग्रह गरेपनि डाक्टर केसीले मानेन्।

मंगलबार नै दिउसो २ बजेतिर गृहमन्त्रालयले नेपाली सेनाको स्काई ट्रक जहाज डाक्टर केसीका लागि धनगढी ठाएको थियो । तर डाक्टर केसीले त्यसलाई पनि नकारी दिएका थिए । उनले, काठमाडौं गएपनि राज्यको रकम खर्च नगर्ने र आफै जाने अडान राखेपछि सेनाको स्काईट्रक मंगलबार अपरान्ह  काठमाडौं गएका थियो ।

डाक्टर केसी भाद्र २७ गते धनगढीको कृष्णमन्दिरमा सत्याग्रहमा बसेका थिए । तीन दिनमै स्वास्थ्य अवस्थामा समस्या आएपछि, उनलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको थियो । डाक्टर केसीको उपचारमा सेती प्रादेशीक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमर, डाक्टर अमृत जैशी, डाक्टर मिथिलेससहितको चिकित्सकको टोली चौबिसै घण्टा खटिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.