ओबिसीलाई पनि आरक्षण चाहिन्छ : अर्थमन्त्री साह
वीरगन्ज : मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह तेलीले देशका सात वटै प्रदेश मध्ये मधेस प्रदेश ,अझै पनि सबै भन्दा पछाडि परेको बताएका छन्।
वीरगन्जमा बुधबार देखि सुरु तेली कल्याण समाजको तेस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले विकासको हरेक सुचांकमा मधेस प्रदेश पछाडि परेको बताए। उनले भने,‘शिक्षा, स्वास्थ्य , भौतिक पुर्वाधार लगायत सबै क्षेत्रमा मधेस पछाडि परेको छ। त्यसैले शिक्षामा सबै भन्दा पहिले फड्को मार्नु पर्छ।
वीरगन्जमा आयोजित महाधिवेशनमा तेली जातिको विशाल सहभागीताले देशभरमा तेली जाति एकजुट छन् भन्ने सन्देश दिएको पनि उनले बताए। उनले भने,‘तेली जातिलाई राष्ट्रिय पहिचान दिलाउन यो महाधिवेशन सफल भएको छ। अब हाम्रो जातिको पहुँच र सहभागीता मधेस सरकारमा मात्र नभइ सिंहदरबारमा पनि पुर्याउनुपर्छ।