क्षमताभन्दा तेब्बर बालक राखिएको जयेन्द्र बाल सुधार गृहमा ३ तले नयाँ भवन

क्षमताभन्दा तेब्बर बालक राखिएको जयेन्द्र बाल सुधार गृहमा ३ तले नयाँ भवन

आसमानपुर : जयेन्दु बाल सुधार गृहको नवनिर्मित तीन तले भवनको उद्घाटन गरिएको छ । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा ७० जनाको क्षमता रहेको बाल सुधार गृहमा २११ जनालाई राखिएको थियो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बुधबार बाल सुधार गृहको तीन तले भवनको उद्घाटन गरेकी हुन् । दुई करोड एक लाख रुपैयाँमा निर्माण गरिएको २१९.४० वर्गमिटरमा बनेको यो भवनमा ठूल्ठूला हलसहित १० वटा रहेका छन् । जहाँ पुस्तकालय, स्टडी रुम, किचन, डाइनिङ, स्टोर, काउन्सिलिङ रुम हरेक तलामा स्नान कक्षसहितको शौचालय रहेका छन् । बाल सुधार गृह प्रमुख बिमला काउचा मगरले नयाँ भवनमा चाँडै नै १८ वर्षभन्दा माथिका किशोरहरुलाई राखिने बताइन् । अहिले बालक र किशोरलाई सँगै राखिएको छ । 

कार्यक्रममा मन्त्री रेग्मीले बाल सुधार गृहका लागि आवश्यक पर्ने बजेट र थप पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाइन् । बाल सुधार गृहका लागि जग्गा उपलब्ध गराउन पहल गर्ने मन्त्रालयका पूर्वमन्त्री सर्वदेव ओझाले पनि बाल सुधार गृहका लागि राज्यले सधैं सहयोगी भावना हुनुपर्नेमा जोड दिएका थिए । बाल सुधार गृहको समस्या र जग्गादाता जयकेश सिंहले आफ्नो संघर्षमय विगतबारे सुन्दा निकै भावुक हुँदै आँसु झारेका महिला तथा बालबालिका विभागका महानिर्देशक कृष्णप्रसाद पराजुलीले बाल सुधार गृहलाई मापदण्ड अनुसार नै सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । 

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरी, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकाल, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, युसेप नेपालका उप निर्देशक केशव सुवाल, जग्गादाता जयकेश सिंह, अधिवक्ता वसन्त गौतम, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालालगायतले बाल सुधार गृहको सुधारका लागि धारणा राखेका थिए ।  

जग्गादाता सिंह र ठेकेदारलाई सम्मान 
कार्यक्रममा जयेन्दु बाल सुधार गृहको जग्गादाता र भवन निर्माण गर्ने ठेकेदार कम्पनीलाई सम्मान गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका–९ का जयकेश सिंह र उनकी पत्नी इन्दु सिंहलाई मन्त्री रेग्मीले दोसल्ला र कदर पत्रले सम्मान गरेकी हुन् । सिंंहले स्व.मातापिता तप्तबहादुर सिंह र हेमरानी सिंहको नाममा रहेको चार बिघा दुई कठ्ठा जग्गा बाल सुधार गृहलाई दान गरेका थिए ।  सिंहले सरकार भन्दा ठूलो ट्रष्टि आफ्ना लागि अर्को नभएको र हजारौं हजार छोराहरुको भविष्यका लागि जग्गा दान दिएको बताए । 

सोही अवसरमा बाल सुधार गृहको नयाँ भवन निर्माण गर्ने ठेकेदार कम्पनी यादव कन्ट्रक्सनका सीताराम गोडियालाई पनि सम्मान गरिएको थियो । यो कम्पनीले लक्ष्यभन्दा ६ महिना पहिले नै भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । 

५५० पुस्तक र ९ थान दराज सहयोग 
बाल सुधार गृहकोे पुस्तकालयका लागि प्रकाशन गृह, बैंक तथा वित्तीय संस्था लगायतले ५५० वटा पुस्तक र ९ वटा पुस्तक राख्ने दराज सहयोग गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, मदन पुरस्कार गुठी र जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेको पहलमा एक÷एक सय गरी तीन सय पुस्तक हस्तान्तरण गरेका थिए । त्यस्तै सेन्चुरी कमर्सियल बैंकले ५० पुस्तक र ७ थान दराज र माछापुच्छे« बैंकले ५० पुस्तक र २ थान दराज सहयोग गरेका थिए । माछापुच्छे« पुस्तक भण्डार, काठमाडौंको नीमा पुस्तक पब्लिकेशन र एभरेष्ट पुस्तक भण्डारले ५०÷५० वटा पुस्तक उपलब्ध गराएका थिए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.