युक्रेनमा युद्ध, रूसमा सेना परिचालन

युक्रेनमा युद्ध, रूसमा सेना परिचालन

मस्को (एएनआई/सिन्ह्वा) : रूसमा आंशिक रूपमा सेना परिचालन गरिने भएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेका हुन्। युक्रेनमा जारी युद्धका कारण रूसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको भनाइ छ।   

‘मैले मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र यहाँका मानिसको सुरक्षालाई ध्यान दिँदै आंशिक रूपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर रहेको हुँ’, पुटिनले भने। यसम्बन्धी प्रस्ताव रक्षा मन्त्रालय र प्रधानसेनापतिले पठाएका थिए। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देशभरि आंशिक रूपमा सेना परिचालन गर्ने निर्णय बुधबारदेखि नै लागू हुने पनि जानकारी दिए। भने, ‘म फेरि पनि भन्छु, अहिले आंशिक रूपमा मात्रै सेना परिचालन गरिएको हो।’   

उनले शान्तिपूर्ण निकासका लागि किभ तयार नभएको उल्लेख गर्दै त्यही नै मुख्य समस्या भएको टिप्पणी गरे। सम्बोधनको सुरुमा उनले रूसलाई ध्वस्त पार्न पश्चिमी देशहरू सक्रिय भएर लागिरहेको आरोप पनि लगाए। ‘उनीहरू हामीलाई पहिला टुक्र्याउन चाहन्छन्। त्यसपछि ध्वस्त पार्न चाहन्छन्’, पुटिनले भने। पश्चिमी देशहरूले सन् १९९१ मा तत्कालीन सोभियत संघ रहेको बेला पनि सो कुरा सिधै भन्ने गरेको पनि उनले स्मरण गरे।   

रूसले युक्रेनमा आक्रमण गरेपछि युद्ध जारी छ। रूसले युक्रेनमा आक्रमण गरेकोप्रति पश्चिमी देशले चर्को विरोध गर्दै आएका छन्। उनीहरूले रूसलाई एक्ल्याउन आह्वान गर्दै युक्रेनलाई सहयोग पनि गर्दै आएका छन्।
रूसबाट बाहिरिनेको भीड  पुटिनले युक्रेनमा लड्नका लागि जगेडा सैनिक प्रयोगको आंशिक खाका प्रस्तुत गरेपछि रूस छोड्ने स्वदेशी तथा विदेशीको संख्या बढेको छ।

यस साता रूसबाट बाहिरिने उडान लगभग पूर्ण बुकिङ भएको एयरलाइन्स र ट्राभल एजेन्टको तथ्यांकले देखाएको छ। पुटिनले टेलिभिजनमा सम्बोधन गर्दै युक्रेनमा उपलब्ध सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रक्षामन्त्री सर्गेई शोइगुले रूसले सुरुमा करिब ३ लाख जगेडा सैनिकलाई परिचालन गर्ने बताएका छन्। रूसमा लोकप्रिय एभियासेल्स वेबसाइटका अनुसार पूर्वसोभियत मुलुक अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका सहरहरूमा हुने सीधा उडानहरूको बुधबारको टिकट पूरै बिक्री भएका छन्।

टर्किस एयरलाइन्सले आफ्नो वेबसाइटमा भनेको छ, ‘रूस जाने र आउने उडानहरूका लागि महत्वपूर्ण गन्तव्य रहेको इस्तानबुल विमानस्थलका  लागि शनिबारसम्म सबै टिकट बुक भएका छन्।’ बेलग्रेडका लागि अर्को उपलब्ध एयरसेर्बियाको उडान सेप्टेम्बर २६ को लागि मात्र उपलब्ध रहेको बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.