शिक्षा शाखा प्रमुखलाई विप्लवका कार्यकर्ताले दले कालोमोसो

शिक्षा शाखा प्रमुखलाई विप्लवका कार्यकर्ताले दले कालोमोसो

गुलरिया : बर्दियाको मधुवन नगरपालिकाको शिक्षा शाखा प्रमुखलाई नेकपा माओवादी विप्लवका कार्यकर्ताहरूले कालोमोसो दलेका छन्। 

नगरको शैक्षिक कार्यमा भ्रष्टाचार र अनियमितता गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाले कालोमोसो दलेको हो। 
    

क्रान्तिकारी बर्दियाका जिल्ला अध्यक्ष हरि प्याकुरेलले मधुवन नगरपालिका शिक्षा प्रमुख नारायण प्रसाद खनाललाई कारवाही गर्नुको कारणसहितको पत्र सार्वजनिक गरेका छन्। 

पत्रमा उल्लेख भए अनुसार शिक्षक नियुक्ती, सरुवा, बढुवा, जिल्ला मिलानमा भ्रष्टाचार गरेको, शिक्षकमा आफ्नै श्रीमतीको नाम निकालेर नियुक्ती नै नगरी ऐनविपरीत सरुवा गरेको, शिक्षा शाखाबाट विद्यालयमा बजेट विनियोजन गर्दा कमिशन केन्द्रित गरेको लगायतका छवटा आरोप प्रमुख खनाललाई लगाइएको छ।

मधुवन नगरपालिका शिक्षा शाखा प्रमुखलाई कारवाही गरिएको विद्यार्थी नेता लोकेश जोशीले जानकारी दिएका छन्। 

शाखा प्रमुखलाई हातपात लगायत अभद्र क्रियाकलाप गर्दागर्दै केही व्यक्तिलाई नगरपालिकाले समातेको मधुवन नगरपालिकाका प्रवक्ता मेकबहादुर गुरुङले बताएका छन्। 

नियन्त्रणमा लिएका व्यक्तिलाई कारवाहीका लागि प्रहरीमा बुझाइने उनले जानकारी दिएका छन्। 
    
घटनालाई लिएर नेपाल निजामती कर्मचारी युनियन बर्दियाले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ। 
युनियनका अध्यक्ष द्रोणराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा संलग्न खोजविन गरी दोषीउपर कानूनबमोजिम कारवाहीको माग गरिएको छ। 

नागरिकले कानूनको पूर्ण पालना गर्नुपर्ने सर्वमान्य सिद्धान्तविपरीत राष्ट्रसेवक कर्मचारीलाई कार्यस्थलमा गरिएको दुर्व्यवहारको विज्ञप्तिमार्फत घोर भत्र्सना गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.