दार्चुलाका साढे चारसय जनाले पाए गुमेको ज्योति

दार्चुलाका साढे चारसय जनाले पाए गुमेको ज्योति

धनगढी : कैलालीमा रहेको गेटा आँखा अस्पतालले दार्चुलाका दुर्गम स्थानका चार सय ४८ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ। 

दार्चुलाको गोकुलेश्वर, पस्ती र जिल्ला सदरमुकाम खलंगा गरी तीन स्थानमा गरिएको निःशुल्क आँखा शिविरमा यति धेरैको शल्यक्रिया गरिएको हो।

अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले भदौको २५ गतेदेखि दार्चुलाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर गरिएको बताए। 

तीनवटै स्थानमा गरिएको निःशुल्क शिविरमा ३ हजार चार ३५ जनाले सेवा लिएका छन। 

४४१ जना मोतिविन्दुका बिरामी र सात जना अन्य गरी ४४८ जनाको शल्यक्रिया गरी लेन्स प्रत्यारोपणद्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको छ। 

'एक हजार ३०४ जनालाई निःशुल्क चश्मा उपलब्ध गराइएको र १६ सय ८३ जना आँखाका रोगीहरूको निःशुल्क औषधोपचार गरिएको छ', बाह्य कार्यक्रम व्यवस्थापक भट्टले भने।

शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मावि गोकुलेश्वर, मालिकार्जुन गाउँपालिकाको शंकरपुर मावि पस्ति र सदरमुकाम रहेको महाकाली नगरपालिकाको महेन्द्र नमुना मावि खलंगा दार्चुलामा शिविर सञ्चालन गरिएको थियो। 

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरूको आयोजना तथा तेज कोहली रुईत फाउण्डेशन र रोटरी क्लब अफ इल्भेरम नर्वेको सहयोगमा भदौ २५ देखि असोज ४ गतेसम्म शिविर चलेको थियो।

कोभिड संक्रमणका कारणले लामो समयसम्म दार्चुलाका ग्रामीण क्षेत्रमा आँखा शिविर सञ्चालन गर्न सकिएको थिएन। आर्थिक अभावका कारण सेवा लिन गोटा अस्पतालसम्म आउन नसक्ने विरामीका लागि शिविरको आयोजना गरिएको भट्टले बताए।

मोतिविन्दुका कारण दुवै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरी रहेका आँखाका रोगीहरूले पुनः दृष्टि पाउँदा हर्षितदेखिएको उनले बताए। 

गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. स्मध अधिकारीको नेतृत्वमा सञ्चालित उक्त शिविरहरूमा १५ जना प्राविधिकको टोलीले सेवा प्रदान गरेको थियो।

गेटा आँखा अस्पताल, सरकारी र सामाजिक संस्थाहरूबाट सहयोग जुटाई प्रदेशका नौवटै जिल्लाका ग्रामीण क्षेत्रमा वर्षमा ६० भन्दा बढी स्थानमा आँखा शिविर सञ्चालन गरी निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.