तातोपानी बन्दरगाह निजीले चलाउने

तातोपानी बन्दरगाह निजीले चलाउने

काठमाडौं : तातोपानी सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजी कम्पनीले पाएको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सिन्धुपाल्चोकको लार्चामा निर्माण भएको बन्दरगाह आउँदो सोमबारदेखि निजी कम्पनीले सञ्चालन गर्नेछ।

चिनियाँ पक्षले निर्माण सम्पन्न गरेर २०७६ असार १३ गते नेपाल इन्टरमोडल यातायात विकास समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो।

हस्तान्तरण भएपश्चात् केही समय समितिबाट सञ्चालन तथा व्यवस्थापन भयो। २०७६ पुस १६ गतेदेखि भने नेपाल सरकारको स्वामित्व भएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले सञ्चालन तथा व्यवस्थापन गर्दै आएको थियो।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले विराटनगरको ट्रान्स सिल्क टर्मिनल प्रालिलाई पाँच वर्षका लागि व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको बताए। समितिले ११ करोड ७० लाख रुपैयाँमा उक्त कम्पनीलाई व्यवस्थापनको जिम्मा दिएको हो। समिति र कम्पनीबीच २०७९ भदौ २९ गते करार सम्झौता भएको हो।

कम्पनीले सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको काम गर्ने र समितिले अनुगमन र नियमन गर्ने उनले बताए। उक्त बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापनका लागि टर्मिनल मेनेजमेन्ट कम्पनी छनोट गर्न समितिले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। जसमा तीन कम्पनीले सहभागिता जनाएका थिए। 

कम्पनीले करार सम्झौतामा तोकिएका मापदण्डअनुसार व्यवस्थित तवरमा सञ्चालन गर्ने समितिले जनाएको छ। निजी क्षेत्रको विज्ञता प्रयोग गरी सुक्खा बन्दरगाह एकीकृत जाँच चौकीको सञ्चालन तथा व्यवस्थापन सार्वजनिक निजी क्षेत्रको सहकार्यमा हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.