पौडी खेल्ने क्रममा मृत्यु भएका तीनै जनाको सनाखत
हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ न्यूरेनीस्थित नागदहमा शुक्रबार अपरान्ह साढे ५ बजे पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।
प्रहरीका अनुसार हेटौंडा-१५ का १७ वर्षीय साहिल लामा, १२ वर्षीय कार्शाङ जिम्बा र १३ वर्षीय सन्जीव मोक्तानको मृत्यु भएको हो।
पौडी खेल्न गएका चार जनामध्ये हेटौंडा-८ का १२ वर्षीय रियान्स माझी भने पौडी खेलेरै बाहिर उत्रिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए।