उडिरहेको विमानबाट एक्कासी निस्कियो आगोको मुस्लो, पाइलटको चलाखीले सुरक्षित अवतरण

उडिरहेको विमानबाट एक्कासी निस्कियो आगोको मुस्लो, पाइलटको चलाखीले सुरक्षित अवतरण

नयाँ दिल्ली : अमेरिकाबाट ब्राजिल जाँदै गरेको विमानबाट अचानक आगोको मुस्लो निस्कन थाल्यो । सो घटना क्यामेरामा कैद भएको छ । यो घटनाको भिडियो सामाजिक सञ्जालमा बाहिर आएको छ ।

भिडियोमा विमान उड्दै गर्दा त्यहाँबाट आगो निस्किएको देख्न सकिन्छ। घटना अमेरिकाको नेवार्कबाट ब्राजिलको साओ पाउलोका लागि उडेको युनाइटेड एयरलाइन्सको बोइङ ७७७–२०० उडानमा भएको हो । रिपोर्टका अनुसार एन७८७युए नम्बरमा दर्ता भएको विमानमा बुधबार नेवार्क एयरपोर्टबाट उडेको केही समयमै आगो देखिएको हो।

रिपोर्टअनुसार आगो निस्किएपछि पाइलटले चलाखीले प्लेन एट्लान्टिक महासागरमा होल्डिङ ढाँचामा उडान भरे। उडेको करिब १ घण्टा ३० मिनेटपछि विमान सुरक्षित रूपमा नेवार्क फर्कियो । भिडियो हेरेपछि मानिसहरु निकै आत्तिएका छन् । यो घटनापछि मानिसहरुले एयरलाइन्सको पुरानो फ्लीटको कमजोर मर्मतसम्भारलाई दोष लगाएका छन् ।

एरो एक्सप्लोरको रिपोर्ट अनुसार उक्त विमान युनाइटेड एयरलाइन्सको थियो। जुन नेवार्कबाट ब्राजिलको साओ पाउलो जाँदै थियो । एयरो एक्सप्लोररले उक्त विमान बोइङ ७७७-२००इआर रहेको बताएको छ । यो उडेको डेढ घण्टापछि नेवार्क फर्कियो। घटनाको वास्तविक कारण खुल्न सकेको छैन । मानिसमा डर कम गर्न युनाइटेड एयरलाइन्सले २०२३ मा उपलब्ध हुने दर्जनौं बोइङ ७३७ म्याक्स विमान किन्न अर्डर गरेको छ । इन्डिया टिभी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.