नाइजर : नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ । माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किंदा धेरै नागरिकको मृत्यु भएको हो ।
यसै बीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिन्डरस्थित अंगौल जुलुका जनतालाई १८५ बोरा चामल, १८५ बोरा कोदो र १६६ बोरा सिमी लगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको जनाएको छ ।
सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु भएको थियो भने २,५०,३३१ जना प्रत्यक्ष प्रभावित भएका थिए। रासस
working together is no longer optional-it is a matter of
compulsion
Annapurna Media Network has announced the Unity for
Sustainability campaign which comes into force from January 1,
2022. The main aim of this campaign is to 'lead the climate
change dialogue' working closely with all the stakeholders on
sustainable development mode, particulary focusing on
climate-change issues.