धनुषाबाट लागू औषधसहित दुईजना पक्राउ

धनुषाबाट लागू औषधसहित दुईजना पक्राउ

जनकपुरधाम :  नेपाल–भारत सीमाको धनुषाबाट प्रतिबन्धित लागू औषध सहित दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। धनुषाको विदेह नगरपालिका १ सीमा स्थित नाकामा लागू औषध ओसार–पोसारमा संलग्न दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

सीमा सुरक्षा बल महिनाथपुरबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा भारतबाट नेपाल नेपाल ल्याउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा लागू औषध बरामद भएको हो। प्रदेश २–०२–००३ प ८३०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा नाइट्रोजन, निट्राभेट, निट्रोसोन्ट, स्पास्मो प्रोभ्याक्सिन, एक्सिपिलोन सहितका लागू औषधिसहित दुई युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गणेश दत्त पाण्डले जानकारी दिए।

पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ५ का १८ वर्षीय सन्तोष यादव र सोही स्थानका २१ वर्षीय महबुद खान रहेको सीमा सुरक्षा बलका प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए। पछिल्लो समय सीमा सुरक्षामा कडाई गरिएपछि अवैद्य तस्करी तथा लागु औषधको कारोबारमा कमी आएको विदेह नगरपालिकाका मेयर बेचन दासले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.